राजनीति

बाबुरामले भेटे भारतका रक्षामन्त्री

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा। बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ । प्रगतिशील नेपाली समाजको अधिवेशनमा भाग लिन शुक्रबार भारत पुगेका भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच सोमबार नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।

भेटका क्रममा उनीहरूबीच दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे ‘सकारात्मक छलफल’ भएको पूर्वप्रधानमन्त्री भट्टराईको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार विशेषगरी दुई देशबीचको आर्थिक सम्बन्धलाई कसरी नयाँ उचाइमा पुर्याउने र थप प्रभावकारी बनाउने भन्नेबारे छलफल भएको थियो ।

भेटमा पूर्वप्रधानमन्त्री भट्टराईले भारतको कश्मीर क्षेत्रको पहलगाममा भएको आतङ्कवादी हमलाबारे दुःख व्यक्त गर्दै निन्दा तथा भर्त्सना गरेका थिए ।

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...