शुक्रबार, बैशाख २६, २०८२
English
Follow us:

अवैध वित्तीय कारोबार गर्ने २१ पक्राउ

अवैध वित्तीय कारोबार गर्ने २१ पक्राउ

  • खबर सेवा

  • मङ्लबार, बैशाख १६, २०८२

  • 31
    SHARES
अवैध वित्तीय कारोबार गर्ने २१ पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विभिन्न ११ जिल्लाबाट अवैध वित्तीय कारोबार गर्ने २१ जनालाई पक्राउ गरेको छ ।

आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषणमार्फत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी विभिन्न नाममा अवैध कारोबार गर्नेलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ बराबरको अवैध कारोबार गरेका अनुसन्धानका क्रममा खुलेको ब्युरोका प्रवक्ता सुधिरराज शाहीले जानकारी दिए। सो समूहले अवैध कारोबारबाट प्राप्त गरेको गैरकानुनी रकमलाई डिजिटल वालेटका नाममा नेपालमा रहेका विभिन्न बैंक खातामा जम्मा गराउने गरेका पाइएको उनको भनाइ छ ।

प्रवक्ता शाहीका अनुसार ब्युरोले विरेन्द्रप्रसाद साह, दिपेन्द्रप्रसाद साह, श्रवणकुमार साह, तारालाल यादव, हरेराम महतो, निरोजकुमार महतो, अलितादेवी महतो, प्रकाश सिंह, अरुणकुमार साह, प्रदीपकुमार साह, सञ्जिवकुमार महतो, राजकमल लोनिया, भीमकुमारी गुरुङ, रामविलास साह तेली, ममताकुमारी साह, विकर्णजंग राणा, गणपति पाण्डे, सलमा खातुन, सुशिलाकुमारी साहू, गोविन्दप्रसाद आचार्य र शम्भु मेहतालाई पक्राउ गरेको हो।

उनीहरूले अवैध कारोबार गरेको र नेपाल राष्ट्र बैंक ऐन विपरीतको गतिविधि गरेको पाइएकाले थप कारबाही अगाडि बढाइने शाहीले बताए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology