
काठमाडौँ। विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै उठेर विरोध गरेका छन्। सभामुख देवराज घिमिरेले बस्न भन्दा पनि विपक्षी सांसदहरू बस्न नमानेपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न दिएका थिए ।
उनले आफूहरूले सोमबार संघीय संसद् सचिवालयमा दर्ता गराएको चिकित्सक र शिक्षकको आन्दोलनबारे दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावलाई कार्यसूचीमा राख्न गरेको माग नमानेको बताए ।
उनले आजको कार्यसूचीमा राख्न माग गरे । पाण्डेले सरकार संसद् र आन्दोलन र अन्य मागबारे जबाफदेही नभएको बताए। जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा छलफल हुनुपर्ने बताए ।