शुक्रबार, बैशाख २६, २०८२
English
Follow us:

सुप्रिम सहकारीका पीडित एकनारायणले भने : मैले रवि लामिछानेविरुद्ध जाहेरी दिएकै छैन, मलाई नै नसोधी मुख्य उजुरीकर्ता बनाइयो

सुप्रिम सहकारीका पीडित एकनारायणले भने : मैले रवि लामिछानेविरुद्ध जाहेरी दिएकै छैन, मलाई नै नसोधी मुख्य उजुरीकर्ता बनाइयो

  • खबर सेवा

  • बुधबार, बैशाख १७, २०८२

  • 134
    SHARES
सुप्रिम सहकारीका पीडित एकनारायणले भने : मैले रवि लामिछानेविरुद्ध जाहेरी दिएकै छैन, मलाई नै नसोधी मुख्य उजुरीकर्ता बनाइयो

काठमाडौँ। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट पीडित मध्येका एक नारायण पहराईले आफूले रास्वपा सभापति रवि लामिछानेविरुद्ध जाहेरी नदिएको खुलासा गरेका छन्। उनले सहकारीले रकम फिर्ता नदिएपछि प्रहरीले उजुरी मागेअनुसार इलाका प्रहरी कार्यालय, बुटवलमा कोही व्यक्ति लक्षित नगरी उजुरी दिएको बताएका छन्।

मंगलबार उनले सामाजिक सञ्जालमार्फत आफूलाई प्रहरीले एक वचन पनि नसोधी र आफ्नो सहमति नलिइ रवि लामिछानेसहित विरुद्ध आफूलाई मुख्य उजुरीकर्ता जसरी प्रस्तुत गरेर अनुसन्धान प्रतिवेदन बनाइएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले सरकारले पीडितलाई न्याय दिने भन्दा आफूहरूजस्ता पीडितलाई देखाएर राजनीति गरिएको आशंका व्यक्त गरेका छन्। उनले आफूहरूको उजुरी देखाएर कसैले स्वार्थ पूरा गर्न खोजेको भए आफूले मुद्दा फिर्ता लिन तयार रहेको पनि बताएका छन्।

उनले पीडितहरूको माग बचत फिर्ता मात्र भएकोले न्यायका नाममा पीडितलाई मात्र होइन अन्यलाई पनि निरन्तर अन्याय भएपछि बोल्न बाध्य भएको र निर्दोष फसाएर दोषी उम्काउने र सहकारी पीडितको पैसा फिर्ता पाउनुपर्ने मुख्य सवाललाई विषयान्तर गर्ने दुष्कर्मविरुद्ध सबै पीडितले खबरदारी गर्न आग्रहसमेत गरेका छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology