लेखक पुरस्कार गौतमलाई
काठमाडौँ। नेपाली लेखक संघले उपत्यकामा तेस्रो राष्ट्रिय लेखक दिवस मनाएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा आयोजित कार्यक्रममा संघले प्रत्येक दुई वर्षमा प्रदान गर्ने राष्ट्रिय लेखक पुरस्कार यसवर्ष आख्यानकार ध्रुवचन्द्र गौतमलाई प्रदान गरेको छ।
आख्यानकार गौतमलाई १ लाख रुपैयाँ नगद राशीको ‘राष्ट्रिय लेखक पुरस्कार २०८२’ प्रदान गरिएको हो। कार्यक्रममा प्रमुख अतिथिका रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे उपस्थित थिए। राणाकालमा काठमाडौँका लेखक तथा बुद्धिजीवीले पुस्तकालय स्थापना गर्न खोज्दा तत्कालीन प्रधानमन्त्री भीम शमशेरले दण्डित गरेको घटनालाई पुस्तकालय पर्वका नामले चिनिन्छ। त्यसै दिनदेखि वैशाख १६ लाई लेखक दिवसका रुपमा मनाउँदै आएको हो।
पुरस्कारका लागि संघलाई धन्यवाद दिँदै आख्यानकार गौतमले सम्पूर्ण लेखकले साहित्यलाई साधना मानेर काम गर्नुपर्ने आग्रह गरे।
समीक्षक अनुपमा रेग्मीले आख्यानकार ध्रुवचन्द्र गौतमको परिचय र व्यक्तित्वमाथि प्रकाश पर्दै हाल उनी आत्मकथा लेखिरहेको जानकारी दिइन्।
सम्बन्धित समाचार
दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार डा आचार्यलाई
काठमाडौँ। यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार डा जयराज आचार्यलाई प्रदान गरिने भएको छ । दण्डपाणि अर्ज्याल स्मृति...
लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’
लुटिएका हतियार र फरार कैदीबन्दी आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाको मुख्य चुनौति रहेको एक अध्ययनले देखाएको छ ।...
राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन आउँदो फागुन १ गते राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्नुभएको...
टीकापुर साहित्य महोत्सव चैत १३ देखि
टीकापुर । टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण हुने भएको छ । टीकापुर साहित्य समाजले आयोजना गर्ने महोत्सव २०८२ चैत्र १३...




