अर्थ

सम्पत्ति शुद्धीकरणमा प्रश्न उठाएर ‘ग्रे लिष्ट’मा परेको नेपाललाई यही वर्ष बाहिर निकाल्ने सरकारको योजना

काठमाडौँ। सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अनुसन्धान र कानुन कार्यान्वयनमा राजनीतिक नेतृत्वको उपेक्षाका कारण ‘ग्रे लिस्ट’ मा परेको नेपाललाई यसैवर्ष बाहिर निकाल्ने महत्वकांक्षी योजना सरकारले लिएको छ।

आज संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम बाचन गर्दे चालु आर्थिक वर्षभित्रै ग्रे लिष्टबाट निकाल्ने योजना रहेको बताए। सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) केही समयअघि मात्रै नेपाललाई ‘ग्रे लिस्ट’ मा राखेको थियो ।

ग्रे लिष्टमा परेसँगै सरकारले चालु आवको नीति तथा कार्यक्रम मार्फत सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्तर्राष्ट्रिय व्यवस्था पूर्ण पालना गर्ने देशको सूचिमा स्तरोन्नती गर्दै देशलाई ग्रे लिष्टबाट बाहिर ल्याउने योजना समेटेको हो।

सम्बन्धित समाचार

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

डलरका भाउ हालसम्मकै उच्च

डलरका भाउ हालसम्मकै उच्च

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...