चिलीमा भूकम्प, सुनामीको चेतावनी
दक्षिण अमेरिका र अन्टार्कटिकालाई छुट्याउने पानीको मुहान ड्रेक मार्गमा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। शुक्रबार गएको भूकम्पपछि चिलीका अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा सुनामीको चेतावनी जारी गरेका छन्।
अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) का अनुसार भूकम्प अर्जेन्टिनाको टिएरा डेल फुएगो प्रान्तको उसुइया शहरबाट २१९ किलोमिटर र चिलीको प्यूर्टो विलियम्स शहरबाट २१९ किलोमिटर को दूरीमा १० किलोमिटर गहिराइमा गएको थियो। ‘कृपया सावधान रहनुहोला ! सुनामीको खतराका कारण म्यागालेन्स क्षेत्रको तटीय क्षेत्र खाली गरी सु्रक्षित स्थलमा जानुहोला,’ चिलीको विपत् व्यवस्थापन निकाय सेनाप्रेडले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लेखेको छ।
राष्ट्रपति गेब्रियल बोरिकले आफ्नो एक्स अकाउन्टमा ‘म्यागालेन्स क्षेत्रभरि समुद्र तट खाली गर्न’ आह्वान गरेका छन्। चिलीको नेसनल सिस्मोलोजिकल सेन्टरले ७।५ म्याग्निच्यूडभन्दा केही तल ७।४ म्याग्निच्युडको भूकम्प गएको बताएको छ।
स्थानीय समयानुसार बिहान ९स्५८ बजे भूकम्प गएको थियो भनेृ त्यसपछि कैयौँ साना पराकम्पनहरू पनि रेकर्ड गरिएको थियो। दक्षिण अमेरिकाको दक्षिणी टुप्पोमा अवस्थित म्यागालेन्स क्षेत्र चिलीको दोस्रो ठूलो तर कम जनसङ्ख्या भएको क्षेत्र हो र यो अर्जेन्टिनाको टिएरा डेल फुएगो प्रान्तसँग जोडिएको छ।
अर्जेन्टिनाको टिएरा डेल फुएगोको गभर्नरको कार्यालयले भनेको छ, ‘भूकम्पको धक्का मुख्यतया उसुइया शहर र केही हदसम्म टिएरा प्रान्तका अन्य शहरहरूमा महसुस गरिएको थियो।‘ ‘भूकम्पका कारण भौतिक क्षति वा मानिस प्रभावित भएको खबर तत्काल प्राप्त भएको छैन,’ विज्ञप्तिमा भनिएको छ।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...
इरानविरुद्धको युद्ध अन्त्य गर्न अमेरिका र इजरायललाई राष्ट्र संघका प्रमुखको आग्रह
काठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राज्य अमेरिका र इजरायललाई इरानविरुद्धको युद्ध अन्त्य गर्न आग्रह गरेका छन्।...
ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ
इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट संकेत दिएका छन्। उनले आफ्ना निकट सल्लाहकारलाई...
मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ
यदि संयुक्त राज्य अमेरिका र इरान सहमत भएमा मध्यपूर्वमा जारी द्वन्द्वको वृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना...




