स्वास्थ्य

आन्दोलनरत चिकित्सकसँग सरकारको ३ बुँदे सहमति

काठमाडौँ। विभिन्न माग राख्दै आन्दोलनरत चिकित्सकहरूसँग स्वास्थ्य मन्त्रीले सहमति गरेका छन्। नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकसँगको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले माग पूरा गर्ने आश्वासन दिएपछि ३ बुँदे सहमति भएको छ।

सहमतिपत्रमा स्वास्थ्य मन्त्रालयसँग आवासीय चिकित्सकहरूले चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङका चिकित्सकहरूका लागि यथाशीघ्र सुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयहरूमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्न सक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने तीन वटा सम्झौता भएसँगै आवासीय चिकित्सकहरू आन्दोलन छोड्न सहमत भएका हुन्।

मन्त्री पौडेलले आवासीय चिकित्सकहरूका मागहरू पूरा गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको र त्यसको कार्यान्वयन गर्ने सहमति भएको बताए। चिकित्सकहरू निर्वाह भत्ता आठौँ तह सरह हुनुपर्ने, आवासीय चिकित्सकहरूको सुत्केरी बिदा, बिरामी बिदा, ड्युटी आवरको कुरा पनि उठाएका थिए।

सम्बन्धित समाचार

बालबालिकामा पनि देखियो कुष्ठरोगको जोखिम, सरकारले प्राथमिकतामा राखेर नियन्त्रण गर्ने

बालबालिकामा पनि देखियो कुष्ठरोगको जोखिम, सरकारले प्राथमिकतामा राखेर नियन्त्रण गर्ने

काठमाडौँ। सरकारले बालबालिकामा देखिएको कुष्ठरोगको जोखिमलाई उच्च प्राथमिकतामा राखेर नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । हालै सार्वजनिक भएको...

निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च तयारी

निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च तयारी

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समयमा स्वास्थ्य सेवा निरन्तर राख्न उच्च शतर्कता...

कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू

कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू

कुष्ठरोग प्रभावितहरूको अधिकार रक्षा, कानूनी विभेदको अन्त्य र प्रभावकारी नीति कार्यान्वयनका लागि राज्यले ‘दया’ को साटो ‘अधिकारमुखी’ दृष्टिकोण अपनाउनुपर्नेमा...

स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण

स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण

काठमाडौं। नेपाल स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण भएका भएका छन्। परिषद्ले फागुन ५ गतेखि...