लिग २ का लागि छनोट खेलमा परेनन् कुशल र देव, २५ जनामा ककसको नाम पर्यो?
काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले लिग २ का२५ खेलाडीको नाम सार्वजनिक गरिएको छ। नेपाली टोलीमा निरन्तर रहँदै आएका कुशल मल्लले यस पटक अन्तिम २५ मा स्थान बनाउन सकेनन्। यस्तै देव खानल पनि दोस्रो चरणमा परेनन्।
रोहित पौडेलको कप्तानीमा नेपाली टोली रहनेछ। दि कोर क्याम्पमा ४ टोली बनाएर प्रतियोगिता गरिएको थियो। प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताबाट क्यानले ५२ खेलाडी पहिलो चरणमा छनोट गरेको थियो। निलो , हरियो , रातो र पहेंलो टोली बनाएर मुलपानीको माथिल्लो र तल्लो मैदानमा प्रतिस्पर्धा भएको थियो।
नवनियुक्त अष्ट्रेलियन प्रशिक्षक स्टुआर्ट ल नेपाल आइपुगेपछि यो प्रतियोगिता आयोजना गरिएको थियो। हिजो क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीको आगामी मे महिनामा हुने युके टुरको खेल तालिका सार्वजनिक गरेको थियो। आईसीसी क्रिकेट वल्ड कप लिग टु अन्तर्गत स्कटल्यान्डको सिरिज अगाडि नेपालले बेलायतमा ५ वटा खेल खेल्ने तय भएको क्यानले जनाएको छ।
दोस्रो चरणमा छनोट भएका २५ खेलाडी
रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, अनिल साह, भिम सार्की, दिपेन्द्रसिंह ऐरी, गुलशन झा, अर्जुन साउद, बसीर अहमद, दिलीप नाथ, आरिफ शेख, युवराज खत्री, किरण ठगुन्ना, सन्दीप लामिछाने, ललित राजवंशी, शहाब आलम, सोमपाल कामी, करण केसी, नन्दन यादव, प्रतीस जीसी, रिजन ढकाल, आकास चन्द, रुपेश सिंह, लोकेश बम र शुभ कंसकार ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




