आरआर क्याम्पसमा स्ववियु कार्यसमिति खारेजको माग गर्दै रिट दायर
काठमाडौँ। रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका पाँच विद्यार्थी संगठनले स्ववियु कार्यसमिति खारेजको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका छन्। उम्मेदवारहरू तथा मतदाताहरूसँग कुनै छलफल नगरी निर्वाचन समितिले स्ववियु कार्यसमिति घोषणा गरेको भन्दै खारेजीको माग गरेका हुन्।
उक्त कार्यसमिति खारेज गरी विद्यार्थीको मताधिकार सुनिश्चित गरि स्ववियु निर्वाचन गराउन आदेश दिन माग गरिएको छ। दुई पटकको प्रयासपछि समेत आरआरमा स्ववियु चुनाव हुन नसकेपछि निर्वाचन समितिले अनेरास्ववियुका अध्यक्षका उम्मेदवार लोकेस खड्को अध्यक्षतामा स्ववियु घोषणा गरेको थियो।
विद्यार्थी संगठनहरूसँगको छलफलपछि स्ववियु कार्यसमिती घोषणा गरिएको निर्वाचन समितिले जनाएको थियो । तर, नेविसंघबाट अध्यक्षको उम्मेदवार बनेका विनोदराज जोशी लगायतले आफूसँग कुनै छलफल नै नगरी स्ववियु कार्यसमिति घोषणा गरिएको बताएका छन् ।
उनीसहित स्वतन्त्र उम्मेदवार हर्क बोहरा, अखिल क्रान्तिकारी बहुमतबाट अध्यक्षका उम्मेदवार बनेका विवेक मयाल, अखिल समाजवादीबाट सचिव पदका उम्मेदवार बनेका जगदीश गिरी, नेविसंघबाट कोषाध्यक्षका उम्मेदवार बनेका शारदा पौडेल अखिल क्रान्तिकारीबाट सदस्यका उम्मेदवार बनेका पासाङ लामाले रिट दायर गरेका हुन्।
यसअघि अनेरास्ववियुका लोकेशकुमार खड्काको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको थियो। स्ववियु अध्यक्षमा उपाध्यक्षमा अखिल क्रान्तिकारीका संगमकुमार लामा तामाङ, सचिवमा नेविसंघतर्फबाट शैलेन्द्र उपाध्याय, कोषाध्यक्षमा अनेरास्ववियूबाट अम्बिका अधिकारी चयन भएको निर्वाचन समितिले जनाएको थियो।
सदस्य पद पनि अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, वैज्ञानिक समाजवादी र स्वतन्त्र विद्यार्थी समूहलाई बाँडफाँट गरिएको छ ।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...




