रेशम पक्राउले सदन अवरुद्ध : गृहमन्त्रीले दिने भए सदनमा जबाफ
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सम्पत्तिको स्रोत नखुले सरकारले जफत गर्न सक्ने हिम्मत राख्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रमको छलफलका क्रममा सांसदसमेत रहेका गुरुङले छानबिन आयोग गठन गरेर स्रोत नखुलेको सम्पत्ति जफत गर्नुपर्ने बताए ।
‘हामीले छानबिन आयोग गठन गर्ने, जसको सम्पत्तिको स्रोत खुल्दैन, उसको सम्पत्ति जफत गर्ने आँट गर्नुपर्छ,” उनले भने, “गणतन्त्रलाई सुदृढ गर्ने बाटो यो हो, यो बाटो नहुँदा कमिला पनि खान हुन्न भन्नेलाई सिंगै हात्ती खानेसँग दाँजेर बदनाम गर्न पाइन्छ ?’
उनले नेता तथा कर्मचारी सबैको सम्पत्तिको स्रोत खोज्नुपर्ने बताए । अबको नीति उत्पादनशील क्षेत्रमा लगानी बढाउने हुनुपर्ने बताए । गाउँगाउँमा ठूल्ठूला भवन बनाएरमात्र आर्थिक समृद्धि सम्भव नहुने उनले बताए ।
सांसद गुरुङले करको भार थपेरमात्र नहुने बताए । करको दायरामा ल्याउनुपर्ने क्षेत्र धेरै भए पनि त्यसको पहिचान गर्न नसक्दा समस्या परेको उनले बताए । समाजिक सुरक्षा भत्ता नचाहिनेलाई पनि दिएको भन्दै उनले असन्तुष्टि जनाए ।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...




