अर्थ

बाल मन्दिरको जग्गा हिनामिना प्रकरण : उपप्रधानमन्त्री सिंहकी दिदीविरुद्ध मुद्दा दायर हुँदै

काठमाडौं। काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा रिता सिंहसहित १७ जनाविरूद्ध मुद्दा चलाउने निर्णय भएको छ। महान्यायाधिवक्ता कार्यालयले केही दिनअघि उनीहरूविरूद्ध मुद्दा चलाउने निर्णय गरेको हो।

बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंह उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी हुन्। रितासहित १७ जनाविरूद्ध मुद्दा चलाउने निर्णय गरी महान्यायाधिवक्ता कार्यालयले जिल्‍ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पठाएको प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए।

‘बालमन्दिर जग्गा प्रकरणमा मुद्दा चलाउने निर्णय भएको छ। निर्णय भएर जिल्लामा पठाइसकेको छ,’ उनले भने, ‘१७ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने राय छ।’

तत्कालीन अध्यक्ष रिता सिंहसहित १७ जनाविरूद्ध मुद्दा चलाउने गरी तयारी भइरहेको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेले जानकारी दिए। नेपाल बाल संगठनलाई हानीनोक्सानी पुर्‍याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटकपटक न्यून रकममा सम्झौता गरेको उजुरी आएको थियो।

यसअघि गत वर्ष वैशाखमा पनि बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वपदाधिकारी लगायतविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो। केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले यस प्रकरणमा सि‌ंहसहित २० जनाविरूद्ध पक्राउ पुर्जी लिएको थियो।

उनीहरूमाथि अनुसन्धान गरेपनि सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको थियो। उच्च सरकारी वकिल कार्यालयबाट पनि सदर भई महान्यायाधिवक्ता कार्यालयमा पुगेको प्रकरणमा मुद्दा चलाउन निर्णय भएको हो।

सम्बन्धित समाचार

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

डलरका भाउ हालसम्मकै उच्च

डलरका भाउ हालसम्मकै उच्च

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...