सेयर बजार गिरावट
काठमाडौं। सेयरबजारमा आज १२.०४ अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले घटेर २६६१.६४ विन्दुमा थामिएको हो।
यद्यपि आज कारोबार रकम भने बढेको छ। कुल ३ करोड कित्ता बिक्रीपछि ११ अर्ब ६५ करोडको कारोबार भएको छ। आज ९६ वटा धितोपत्रको मूल्य बढ्दा १५० वटाको घटेको छ।
बढेकामध्ये दुईवटाको सकारात्मक सर्किट लागेको छ। नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयरमा सकारात्मक सर्किट लागेको हो। यसबाहेक छ्याङ्दी हाइड्रोपावर ९।९९ प्रतिशत, ओम मेगाश्री फर्म्यास्युटिकल्स ९।९९ प्रतिशत र आईसीएफसी फाइनान्सको सेयर ९।७४ प्रतिशतले बढेको छ।
गिरावट आएका सेयरमध्ये सिन्धु विकास बैंकको ४।१५ प्रतिशतले घटेको छ। यो नै अधिकतम गिरावट हो। कारोबारतर्फ आज ङादी ग्रुप पावरो ७८ करोडको सेयर किनबेच भएको छ। त्यसैगरी लगानीकर्ताले सानिमा माई हाइड्रोपावरको ६५ करोडको कारोबार गर्दा युनिभर्सल पावरको ५७ करोड, राधी जलविद्युतको ४३ करोड र अपि पावरको ३८ करोडको कारोबार गरेका छन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...




