‘नियमित खोप लगाउन छुटेकालाई वैशाख ३१ गते लगाउनू’
काठमाण्डौं। सरकारले खोप लगाउन छुटेका ५ वर्ष मुनिका बालबालिकालाई खोप लगाउने भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले नियमित खोप कार्यक्रम अन्तर्गत खोप लगाउन छुटेका ५ वर्ष मुनिका बालबालिकालाई वैशाख ३१ गते खोप लगाउने तयारी गरेको हो।
महाशाखाको खोप शाखा प्रमुख डा। अभियान गौतमले नियमित खोप लगाउन छुटेका ५ वर्ष मुनिका बालबालिकालाई देशैभरका सरकारी स्वास्थ्य संस्थाहरूबाट खोप लगाउन तयारी भएको जानकारी दिए।
‘विगतमा खोप लगाउन छुट भएका बालबालिकाले वैशाख ३१ गते नजिकैको स्वास्थ्य संस्थामा लगेर छुट खोप लगाउन सक्नेछन्। पूर्ण खोप अभियान कार्यक्रम अन्तर्गत वैशाख महिनालाई पूर्ण खोप महिना घोषणा गरेर खोप अभियान सञ्चालन गर्ने गरेका छौँ,’ शाखा प्रमुख डा। गौतमले बताए।
सरकारले १५ महिनासम्मका शिशुलाई १३ वटा रोगविरुद्ध ९ प्रकारको खोप निशुल्क लगाउने गरेको छ। १५ महिना सम्मको ९ प्रकारको खोप मध्ये कुनै खोप छुटेको छ भने आफनो नजिकैको स्वास्थ्य संस्थामा खोप कार्ड लिएर गएर लगाउन सक्ने खोप शाखाले जनाएको छ।
सरकारले तीन वर्षदेखि खोप लगाउन छुटेका बालबालिकालाई खोप अभियान कार्यक्रम सञ्चालन गर्दै खोप लगाउन थालेको छ। हालसम्म खोप लगाउन छुटेका ७९ हजार बालबालिकाले खोप लगाएका छन्। ५ वर्ष मुनिमा करिब २० प्रतिशत बालबालिका नियमित खोप कार्यक्रम अन्तर्गत खोप लगाउन छुट्ने गरेको आकलन गरिएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालबालिकामा पनि देखियो कुष्ठरोगको जोखिम, सरकारले प्राथमिकतामा राखेर नियन्त्रण गर्ने
काठमाडौँ। सरकारले बालबालिकामा देखिएको कुष्ठरोगको जोखिमलाई उच्च प्राथमिकतामा राखेर नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । हालै सार्वजनिक भएको...
निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च तयारी
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समयमा स्वास्थ्य सेवा निरन्तर राख्न उच्च शतर्कता...
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
कुष्ठरोग प्रभावितहरूको अधिकार रक्षा, कानूनी विभेदको अन्त्य र प्रभावकारी नीति कार्यान्वयनका लागि राज्यले ‘दया’ को साटो ‘अधिकारमुखी’ दृष्टिकोण अपनाउनुपर्नेमा...
स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण
काठमाडौं। नेपाल स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण भएका भएका छन्। परिषद्ले फागुन ५ गतेखि...




