राजनीति

रेशम चौधरी पक्राउबारे गृहमन्त्रीको स्पष्टीकरण : गलत मनसाय देखिएन, भविष्यलाई सजग बन्न सिकायो

काठमाडौं। गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नुमा अदालतको आदेश कार्यान्वयन गर्नुबाहेक प्रहरीको अरु कुनै मनसाय नभएको दाबी गरेका छन्।

बिहीबार चौधरी पक्राउबारे प्रतिनिधिसभालाई जानकारी गराउँदै यो घटनाले भविष्यमा सजक हुनुपर्ने पाठ सिकाएको उल्लेख गरे।

‘यसअघि सम्मानित अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरे झै यस घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसाय बाहेक कुनै पूर्वाग्रह नभएको सम्मानित सदनसमक्ष अनुरोध गर्न चाहान्छु,’ गृहमन्त्री लेखकले भने, ‘भविष्यमा यस्ता घटना नदोहोरिनेतर्फ सबैलाई सजग बनाएको व्यहोरा अनुरोध गर्दछु।’

यस्तो घटनाले चौधरी र उनको परिवारलाई पर्न गएको पीडाप्रति समेत उनले दुःख व्यक्त गरे। ‘यस घटनाले आदरणीय रेशम चौधरी, परिवारजन र साथीहरुलाई जुन असहजता भयो, पीडा भयो त्यसका निम्ति म सम्मानित सदन समक्ष पुनः एकपटक दुःख व्यक्त गर्न चाहान्छु,’ गृहमन्त्री लेखकले भने।

नागरिक उन्मुक्ति पार्टीले रेशम पक्राउबारे सरकारको जवाफ माग गर्दै संसद्‍मा विरोध जनाएको थियो। उक्त विरोधपछि गृहमन्त्री यसबारे सवाफ दिन सनदमा उपस्थित भएका हुन्।

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...