राजनीति

भाजपा नेता कोश्यारीले भेटे प्रचण्ड

काठमाडौं। भारतीय सत्तारुढ पार्टी भाजपाका नेता भगत सिंह कोश्यारीले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्। उनले बिहीबार प्रचण्ड निवास खुमलटार पुगेर भेटघाट गरेका हुन्। मंगलबार राती ललितपुरको एक रिसोर्टको शौचालयमा लडेर घाइते भएयता प्रचण्डको यो पहिलो सार्वजनिक भेटघाट हो।

भारतको महाराष्ट्र राज्यका पूर्वराज्यपाल रहेका कोश्यारी नेपालसम्बन्धी जानकार नेता मानिन्छन्। उनी नेपाल-भारत सीमा लगायत सम्पूर्ण विषयमा सुझाव दिन गठित नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को भारतका संयोजक थिए।

कोश्यारी उत्तराखण्डका पूर्वमुख्यमन्त्री समेत हुन्। केही दिनअघि मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत बनेर भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएका थिए। उनले प्रचण्डसहित २ दर्जन भन्दाबढी नेपाली नेताहरुसँग भेट गरेका थिए।

शौचालयमा लडेको घटनापछि पहिलोपल्ट भेटवार्तामा प्रचण्ड, भारतीय नेतासँग संवाद

 

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...