राजनीति

भारत-पाकिस्तान द्वन्द्वबारे सार्वजनिक भयो नेपालको धारणा, आतंकवाद विरुद्धका सबै लडाइँमा उभिने

काठमाडौं।  नेपाल सबै प्रकारका आतंकवादविरुद्ध उभिने स्पष्ट पारेको छ। भारत-पाकिस्तान द्वन्द्व चर्किरहँदा परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी आक्रमणपछि बढेको तनावले नेपाल सरकार चिन्तित रहेको जनाएको छ।

पहलगाममा घटनामा १ जना नेपालीसहित २६ जनाको मृत्यु भएको थियो। परराष्ट्र मन्त्रालयले दुखद घटनामा नेपाल र भारत एकठाउँमा उभिएका र त्यस आततायी आक्रमणको तत्कालै आलोचना गरेको पनि जनाएको छ। नेपालले आफ्नो भूमिबाट छिमेकी मुलुकविरुद्ध हुने कुनै पनि प्रकारका अवाञ्छनीय गतिविधि हुन नदिने स्पष्ट पारेको छ।

नेपालले दुई देशबीचको द्वन्द्व कम हुने र चाँडै शान्ति स्थापना हुने आशा पनि व्यक्त गरेको छ।

 

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...