गभर्नर नियुक्तिका लागि यी हुन् देउवाले ओलीलाई दिएका ३ विकल्प
काठमाण्डौं। सत्तारुढ दलहरुबीच कसलाई गभर्नर बनाउने भन्ने विषयले मूर्तरूप लिन नसक्दा २ महिनादेखि राष्ट्र बैंक गभर्नरविहीन बनेको छ।
पटकपटक गभर्नरका विषयमा छलफलमा जुट्दा पनि बैठकले निकास दिन सकेको छैन। पछिल्लो समय पनि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच हुने छलफलमा गभर्नरकै विषय प्रवेश गर्ने गरको पाइन्छ। यसै बिन्दुमा गभर्नरको विषय सुल्झ्याउन देउवाले ओलीलाई तीन विकल्प दिएका छन्।
पहिलो, सभापति देउवाले नाम दिएअनुसार डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्ने।
नेपाल राष्ट्र वैंकका कार्यकारी निर्देशक भट्टले वैशाख ५ गते पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा २१ दिन हुँदा पनि कायममुकायम गभर्नर नीलम ढुंगानाले स्वीकृत गरेकी छैनन्।
दोस्रो, कायममुकायम गभर्नर अर्को व्यक्तिलाई तोक्ने
प्रधानमन्त्री र सभापति देउवाबीचको छलफलमा नीलम ढुंगानाले सम्हाल्दै आएको राष्ट्र बैंकको कायममुकायम गभर्नरको जिम्मेवारी अर्को व्यक्तिलाई दिने सकिन्छ कि सकिँदैन भन्ने विषयमा पनि छलफल भएको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले गत चैत २५ गते डेपुटी गभर्नर ढुंगानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेका थिए। अर्थ मन्त्रालयको वरीयताको हिसाबमा ढुंगानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकिएको थियो।
राष्ट्र बैंक ऐन २०५८ को दफा २७ अनुसार अर्थमन्त्री पौडेलले ढुंगानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेका थिए। यस दफाअनुसार बैंकको वरिष्ठ डेपुटी गभर्नरलाई गभर्नरको कामकाज गर्ने गरी कायममुकायम तोक्ने व्यवस्था छ।
तेस्रो, गभर्नरमा अर्को व्यक्ति अघि सार्ने
कायममुकायम गभर्नर ढुंगानाले कार्यकारी निर्देशक भट्टको राजीनामा स्वीकृत गर्नेमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवामा अझै पनि विश्वस्त छन्। तर कायममुकायम गभर्नर ढुंगाना अडानमै कायम रहिन् भने अर्को विकल्पसमेत सोच्नुपर्नेमा ओली(देउवा पुगेका छन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...




