एक वर्षमा हुने छन् यस्ता फुटबलका कार्यक्रम
काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले वर्ष २०८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । शुक्रबार काभ्रेको धुलिखेलमा सम्पन्न भएको एन्फाको साधारणसभाले क्यालेन्डर पारित गरेको हो ।
क्यालेन्डरअनुसार जेठ ५ देखि २४ गतेसम्म एन्फा प्रेसिडेन्ट लिग आयोजना हुनेछ।
जेठ १८ देखि साउन १६ सम्म सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट, राष्ट्रिय लिग साउन १९ देखि असोज १० सम्म, ‘सी’ डिभिजन लिग पुस ६ देखि फागुन २५ सम्म हुनेछ ।
एन्फाले महिला लिग भदौमा, सहिद स्मारक ‘ए’ डिभिजन लिग २०८२ पुस १ देखि २०८३ जेठ ३१ सम्म, ‘बी’ डिभिजन लिग २०८२ फागुन २० देखि २०८३ वैशाख ३१, एन्फा यू–१६ र यू–१८ लिग साउनदेखि कात्तिकसम्म आयोजना गरिने जनाएको छ ।
यो वर्ष फुटसल लिग छनोट, ‘ए’ डिभिजन फुटसल लिग, नेपाल सुपर लिग, महिला फ्रेन्चाइज लिग, एन्फा अन्तरकलेज फुटसल च्याम्पियनसिप, एन्फा जिल्ला लिग, महिला फुटसल च्याम्पियनसिप लगायतका प्रतियोगिता पनि क्यालेन्डरमा समावेश छन् ।
यसैगरी नेपाली पुरुष टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण, एएफसी एसिया कप छनोट दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१९ च्याम्पियनसिप, नेपाल चीन मैत्रीपूर्ण खेल (चिनियाँ नयाँ वर्षको अवसरमा), साफ–१७ च्याम्पियनसिप एएफसी यू–२३ एसियन कप, साफ च्याम्पिनसिपमा सहभागिता जनाउने छ ।
यसैगरी महिला टोलीले मैत्रीपूर्ण खेल, एसिया कप छनोट, साफ यू–२० च्याम्पियनसिप, एएफसी क्लब लिग, यू–२० एएफसी एसिया कप छनोट, साफ यू–१७ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




