खेलकुद

हालान्डले निराशाजनक प्रदर्शन, सिटीको हार

काठमाडौँ। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र साउथह्याम्पटनले गोलरहित बराबरी खेलेका छन्।

साउथह्याम्प्टनको सेन्ट मेरीज स्टेडियममा शनिबारको खेलमा सिटीले धेरै मिहिनेत गरे पनि गोल गर्न सकेन। चोटपछिको फर्किएका एर्लिङ हालान्डले निराशाजनक प्रदर्शन गरे।

साउथह्याम्प्टनले २००७/०८ को सिजनमा डर्बी काउन्टीले बनाएको न्यूनतम ११ अंकको कीर्तिमान पार गर्दै एक अंक जोड्यो। जेरेमी डोकुलाई दोस्रो हाफमा मैदानमा उतारिएपछि खेल केही प्रतिस्पर्धात्मक बन्यो। उनले बर्नार्डो सिल्भालाई मौका सिर्जना गरिदिए जसलाई ज्याक स्टेफेन्सले राम्रो ब्लक गरे।

ओमार मार्मुसले अतिरिक्त समयमा क्रसबारमा प्रहार गरे। गएराति भएको खेल बराबरी हुँदा सिटीले च्याम्पियन्स लिगको छनोट सम्भावना बलियो बनाउने मौका गुमाएको छ।

यो बराबरीसँगै सिटीको ३६ खेलमा ६५ अंक भएको छ। सिटी तालिकाको तेस्रो स्थानमा छ। तालिकाको पुछारमा रहेको टोली साउथह्याम्पटन समान ३६ खेलमा १२ अंक छ।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...