सरकारलाई बिचौलिया भनेकोमा एमालेको आपत्ति
काठमाण्डौं। सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा पटकपटक यो सरकार बिचौलियाले बनाएको भनेर अभिव्यक्त दिएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने, ‘विशेषगरी प्रमुख प्रतिपक्षी दलको तर्फबाट र दलको नेताबाट यो संसद्मा उहाँले गर्नुभएको सम्बोधन हामीले सुन्यौँ। असाध्यै पूर्वाग्रहप्रेरित ढंगबाट राजनीतिक प्रवचनको हिसाबले, नीति तथा कार्यक्रममाथि रनात्मक ढंगले भन्दा पनि सरकारको आलोनाको हिसाबले मात्रै विषय राख्नुभयो।’
यो सरकार बिचौलियाले नभइ संसद्ले संविधान अनुसार बनाएको बर्तौलाको भनाइ छ। ‘यो संसद्मा उहाँले फेरि पनि दोहोर्याउनु भयो, यो सरकार बनेको पहिलो दिनदेखि उहाँले भन्दै आउनुभयो–यो सरकार दलालले बनाएको हो, बिचौलियाहरुले बनाएको हो। लगायत लगायत,’ उनले भने, ‘उहाँले फेरि पनि नीति तथा कार्यक्रमको छलफलको क्रममा उहाँले यो दोहोर्याउनुभयो। म आग्रह गर्न चाहान्छु–यो सरकार यो संसद्ले बनाएको हो। संविधान बमोजिम यो संसद्ले बनाएको हो।’
बर्तौलाले पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिबाट सरकार बिचौलियाले बनाएको भनेर पटक–पटक सुन्न परेको भन्दै त्यसप्रति विरोध समेत जनाए। ‘तर, संसद्ले बनाएको सरकारलाई उहाँले हरेकपटक बिचौलीया, दलाल, माफिया। यस्तो खालको असाध्यै अराजनीतिक, असंसदीय शैलीको हामीले पटक–पटक सुनिरहेका छौँ,’ उनले भने, ‘सुन्न परिरहेको छ। म यसमा दुःख व्यक्त गर्न चाहान्छु।’
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...




