अर्थ

नौ महिनामा भित्रियो १२ खर्ब रेमिटेन्स, चैतमा मात्रै एक खर्ब ३९ अर्ब

काठमाडौं। चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिना (साउनदेखि चैत) सम्ममा करिब १२ खर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।चैतसम्ममा ११ खर्ब ९१ अर्ब रूपैयाँ बराबर रेमिटेन्स भित्रिएको हो।

गत आर्थिक वर्ष २०८०/८१ को नौ महिना (साउनदेखि चैत)मा भने १० खर्ब ८२ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। यो अवधिमा रेमिटेन्स भित्रिने दर १०.०७ प्रतिशतले बढेको हो। चैत एक महिनामा मात्रै भने एक खर्ब ३९ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। पछिल्लो २६ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।

यो नौ महिना (साउनदेखि चैत) मा ७ अर्ब ४२ करोड रूपैयाँ रेमिटेन्स बाहिरिएको छ। गत वर्षको पहिलो नौ महिनामा ५ अर्ब ११ करोड रूपैयाँ बाहिरिएको थियो। नौ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १२।७६ प्रतिशतले बढेको छ।

गत आवको नौ महिनामा ५ लाख ३९ हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या ६ लाख ७ हजार पुगेको छ।

सम्बन्धित समाचार

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

डलरका भाउ हालसम्मकै उच्च

डलरका भाउ हालसम्मकै उच्च

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...