खेलकुद

एल-क्लासिकोमा बार्सिलोनाको जित, एम्बाप्पेको ह्याट्रिक

काठमाडौँ। बार्सिलोनाले ला लिगा उपाधि नजिक पुगेको छ । आइतवार दुई गोलले पछि परेको खेलमा रियल म्याड्रिडलाई ४-३ ले हराउँदै बार्सिलोना च्याम्पियन बन्ने अभियानमा थप मजबुत बनेको छ।

रियलका लागि किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए। रियलले खेलको सुरुवातमै २-० को अग्रता बनायो ।

एम्बाप्पेले १४ मिनेटभित्र २ गोल गरे। तर बार्सिलोनाले पहिलो हाफमै ४ गोल फर्कायो । एरिक गार्सिया, लामिन यामालले समान १ र राफिन्हाले २ गोल गरे।

२० मिनेट बाँकी रहँदा एम्बाप्पेले फेरि गोल गर्दै क्लबका लागि सिजनको जम्मा ३९औं गोल पूरा गरे। रियलका कुनै पनि नयाँ खेलाडीले पहिलो सिजनमा गरेको यो सबैभन्दा धेरै गोल हो।

खेलको अन्त्यमा बार्सिलोनाका फर्मिन लोपेजको गोल ह्यान्डबलको कारण भिएआर समीक्षा पछि रद्द गरियो।
यो जितले बार्सिलोनालाई रियलमाथि ७ अंकको अग्रता बनायो। ला लिगामा अब ३ खेल मात्र बाँकी छन्।

ह्यान्सी फ्लिकले मंगलबार इन्टर मिलानसँगको थकाउने च्याम्पियन्स लिग सेमिफाइनल हारपछि बार्सिलोनाको टोलीमा कुनै परिवर्तन गरेनन् । तर खेलको सुरुवाती चरणमा उनीहरू सुस्त देखिए।

एम्बाप्पेले बार्सिलोनाका गोलकिपर वोज्शेक शेस्नीबाट फाउल गरिएपछि पेनाल्टीमार्फत पहिलो गोल गरे । त्यसपछि भिनिसियस जुनियरको पासमा दोस्रो गोल थपे।

फ्रान्सेली स्टार एम्बाप्पे उत्सव मनाउँदै थिए । तर उनलाई लुइस कम्पान्यस ओलम्पिक स्टेडियममा के हुनेछ भन्ने अनुमान थिएन।

१९औं मिनेटमा गार्सियाले कर्नरबाट हेड गर्दै गोल गरे र अन्तर घटाए। त्यसपछि यामालले ३२ औं‌ मिनेटमा बराबरी गोल गर्दै खेलमा आफ्नो महत्व दर्साए ।‌

बार्सिलोनाले रियललाई निरन्तर दबावमा राख्यो र केही समयमै अग्रता लियो, जब राफिन्हा बक्सको बायाँपट्टि खाली अवस्थामा पुगे र एम्बाप्पे र लुकास भास्केज दबाबमा एक अर्कासँग ठोक्किएपछि गोल गरे।

 

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...