अन्तर्राष्ट्रिय

युक्रेन–रूस युद्ध ‘अन्तिमतिर’, जेलेन्स्की र पुटिन वार्तामा बस्न तयार

काठमाडौं। यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ताका लागि तयार रहेको बताएका छन् ।

जेलेन्स्कीलेले सामाजिक सञ्जालमार्फत युद्ध अन्त्यको विषयमा पुटिनसँग प्रत्यक्ष वार्ता गर्न तयार रहेको बताएका हुन् । उनले यो भेटवार्ता बिहीबार टर्कीको इस्तानबुलमा हुन सक्ने समेत बताएका छन् ।

यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यूक्रेनलाई टर्कीमा रूससँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका थिए । जेलेन्स्कीले एक्समा लेखेका छन्, ‘अब अरू ज्यान गुमाउनुको कुनै अर्थ छैन । म बिहीबार पुटिनलाई टर्कीमा कुरिरहेको हुनेछु, व्यक्तिगत रूपमा ।’

यूक्रेन वार्ताका लागि तयार रहेका जेलेन्स्कीले यसअघि नै स्पष्ट पारेका छन् । उनले वार्ताको पहिलो सर्त युद्धविराम भएको बताएका छन् ।

शनिबार राति राष्ट्रपति पुटिनले पनि यूक्रेनलाई ‘गम्भीर वार्ता’को निम्तो दिएका थिए । रुस–यूक्रेन युद्ध सन् २०२२ मा सुरु भएको थियो, जब रुसले यूक्रेनमा हमला गरेको थियो ।

सम्बन्धित समाचार

इरानमा अमेरिका–इजरायल आक्रमणमा अमेरिकी सैनिकको मृत्यु

इरानमा अमेरिका–इजरायल आक्रमणमा अमेरिकी सैनिकको मृत्यु

अमेरिकी केन्द्रिय कमाण्डले जनाएअनुसार अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध शुरु गरेको आक्रमणका क्रममा सातौं अमेरिकी सैनिकको मृत्यु...

मार्च २ यता लेबनानमा इजरायली हवाई आक्रमणमा ८३ बालबालिकासहित ३९४ जनाको मृत्यु

मार्च २ यता लेबनानमा इजरायली हवाई आक्रमणमा ८३ बालबालिकासहित ३९४ जनाको मृत्यु

लेबनानका स्वास्थ्यमन्त्री राकन नसरेद्दिनले बताएअनुसार मार्च २ यता लेबनानभर इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ९४ पुगेको...

इरानविरुद्धको सैन्य आक्रमण चाँडै सकिने ट्रम्पको भनाइ

इरानविरुद्धको सैन्य आक्रमण चाँडै सकिने ट्रम्पको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार अमेरिका र इजरायलले इरानमाथि गरिरहेको सैन्य आक्रमण चाँडै समाप्त हुने बताउनुभएको छ । फ्लोरिडामा...

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...