अन्तर्राष्ट्रिय

पाकिस्तानले आतंकवादलाई संरक्षण गरेको छ : मोदी

काठमाडौं। पाकिस्तानसँग युद्धविराम घोषणाको दुई दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो बेलुका राष्ट्रका नाममा सम्बोधन गरेका छन्।

उनले पाकिस्तानले आतङ्कवादलाई प्रश्रय दिएको आरोप लगाएका छन्। आणविक हतियारको नाममा भइरहेको ब्ल्याकमेल सहन नसकिने उनको चेतावनी छ।

आफूहरूले गरेको जवाफी कारबाहीमा एक सय जनाभन्दा धेरै आतंककारी मारिएका भारतीय प्रधानमन्त्री मोदीको दाबी छ। साथै उनले पाकिस्तानको अनुरोधमा भारत युद्ध रोक्न सहमत भएको पनि दाबी गरे।

पाकिस्तानविरुद्धको सैन्य कारबाही स्थगित गरिएको तर अवस्था हेरेर फेरि थप कारबाहीको निर्णयमा पुग्न सक्ने भारतीय पक्षले चेतावनी दिएको छ ।

मोदीले बुद्ध पूर्णिमाको समेत स्मरण गर्दै मानवता र शान्ति नै समृद्धिको यात्रा रहेको बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जम्मू–कश्मीरको पहलगाममा अप्रिल २२ तारिखमा भएको आतंकवादी आक्रमणको १५ दिनपछि भारतले अपरेशन सिन्दूर नामक सैन्य कारबाही थालेको थियो । तर गएको शनिवार दुई देश युद्धविरामका लागि सहमत भएसँगै जनजीवन सामान्य बन्दै गएको छ । बन्द विमानस्थलहरू खुलेका छन् ।

सम्बन्धित समाचार

अमेरिका–इजरायलको आक्रमणको विरोधमा यमनको सानामा विशाल र्‍याली

अमेरिका–इजरायलको आक्रमणको विरोधमा यमनको सानामा विशाल र्‍याली

क्षेत्रीय तनाव बढेसँगै प्रदर्शनकारीहरूले यमनको राजधानी सानाका सडकहरूलाई प्रतिरोधको मञ्चमा परिणत गरेका छन् । हुथी समूहका नेताको आह्वानमा गरिएको...

टर्कीद्वारा इरानसँगको सीमानाका अस्थायी रूपमा बन्द

टर्कीद्वारा इरानसँगको सीमानाका अस्थायी रूपमा बन्द

टर्कीले इरानसँगको आफ्नो सीमानामा यात्रु आवागमनलाई अस्थायी रूपमा स्थगित गरेको छ । यद्यपि व्यापारिक कारोबार र आधिकारिक प्रवेश सहज...

सिरियाद्वारा हवाई क्षेत्र बन्दको अवधि थप, दमास्कस नजिकै मिसाइलको टुक्रा खस्दा चार जना घाइते

सिरियाद्वारा हवाई क्षेत्र बन्दको अवधि थप, दमास्कस नजिकै मिसाइलको टुक्रा खस्दा चार जना घाइते

इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि क्षेत्रीय तनाव चरम बिन्दुमा पुगेका बेला सिरियाले सोमवार मध्यरातदेखि लागू हुनेगरी थप २४...

इरानबाट १८ चिनियाँ नागरिकको उद्धार

इरानबाट १८ चिनियाँ नागरिकको उद्धार

इरान र संयुक्त राज्य अमेरिका तथा इजरायलबीचको द्वन्द्व जारी रहेका बेला १८ चिनियाँ नागरिकलाई इरानबाट अजरबैजान उद्धार गरिएको छ।...