राजनीति

गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन आग्रह गरेका छन्।

संघद्वारा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्तिहरु देखापर्नु उचित नहुने भनाइसहित संकीर्ण भावना त्यागेर उन्नतस्तरको एकतामा लाग्न आग्रह गरे।

‘आपसमा मिलेर एकताबद्ध भएर जानुपर्ने यस किसिमको साझा संस्थामा विवाद हुनु राम्रो होइन। व्यक्तिका लागि विधान फेर्ने ढङ्गले संस्था चल्न सक्दैन। यसमा विवेक र तर्कले काम गरोस्। व्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने थलोका रुपमा यो विकास नहोस्’, प्रधानमन्त्री ओलीले भने, ‘नेपाली डायस्पोराका हकहितका साथै आपसी चिनजान, नेपाली संस्कृति परम्पराको निरन्तरता र देशका लागि के योगदान गर्न सकिन्छ भन्ने पवित्र उद्देश्यबाट तपाईंहरु विचलित हुनहुँदैन । यसमा दलीय राजनीति गर्नुहुँदैन र यसमा विभाजनको प्रयास सफल हुँदैन । विधिसम्मत कुरामा नेपाल सरकारको साथ रहनेछ।’

सम्बन्धित समाचार

निर्वाचनको सुरुवाती रुझान : रास्वपाको सानदार अग्रता, कांग्रेस-एमाले रक्षात्मक

निर्वाचनको सुरुवाती रुझान : रास्वपाको सानदार अग्रता, कांग्रेस-एमाले रक्षात्मक

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका...

झापा ५ मा बालेन अगाडि, ओली पछ्याउँदै

झापा ५ मा बालेन अगाडि, ओली पछ्याउँदै

काठमाडौँ। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। देशभर प्रत्यक्षतर्फको मतगणना भइरहँदा झापा-५ क्षेत्रलाई सबैभन्दा ‘हटसिट’ क्षेत्रका रूपमा...

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...