घट्यो पेट्रोल र डिजेलको मूल्य
काठमाडौं। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको हो। घटेको मूल्य आज राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ।
अब काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर क्रमशः १५७ र १४२ रुपैयाँ, सुर्खेत र दाङमा क्रमशः १५६ र १४१ तथा बाँकी ठाउँमा १५४.५० र १३९.५० कायम भएको छ। इन्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त मूल्य सूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...




