राजनीति

०८४ सम्म वामपन्थी गठबन्धन हुँदैन ; प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सम्म वामपन्थी गठबन्धन नहुने बताएका छन्। प्रेस सेन्टर नेपाल, डडेल्धुराले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले वामपन्थी गठबन्धन ०८४ सम्म नहुने जिकिर गरेका हुन्। उनले कांग्रेस(माओवादी केन्द्रबीच सत्ता समीकरणको हल्ला मात्रै भएको स्पष्ट पारे।

अध्यक्ष प्रचण्डले वर्तमान सरकार गलत बाटोमा हिँडिरहेको आरोप लगाए। सरकारले राम्रो काम गर्नेलाई दण्डित र नराम्रो गर्नेलाई पुरस्कृत गरिरहेको उनको जिकिर छ।

अध्यक्ष प्रचण्डले विकास र समृद्धिका हिसाबले सम्भावना बोकेको भए पनि सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार भएको बताए। आफ्नो नेतृत्वमा सरकार हुँदा सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको उनले बताए।

ुविकास र समृद्धिका हिसाबले सम्भावना बोकेको भए पनि सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छ,ु उनले भने, ुहामीले त्यसमा सन्तुलन कायम गर्न खोजेका छौँ।ु

 

सम्बन्धित समाचार

निर्वाचनको सुरुवाती रुझान : रास्वपाको सानदार अग्रता, कांग्रेस-एमाले रक्षात्मक

निर्वाचनको सुरुवाती रुझान : रास्वपाको सानदार अग्रता, कांग्रेस-एमाले रक्षात्मक

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका...

झापा ५ मा बालेन अगाडि, ओली पछ्याउँदै

झापा ५ मा बालेन अगाडि, ओली पछ्याउँदै

काठमाडौँ। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। देशभर प्रत्यक्षतर्फको मतगणना भइरहँदा झापा-५ क्षेत्रलाई सबैभन्दा ‘हटसिट’ क्षेत्रका रूपमा...

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...