राजनीति

बंगलादेशसँग पराजित भएसँगै यू–१९ च्याम्पियनसिपबाट बाहिरियो

काठमाडौं। पहिलो सेमिफाइनलमा बंगलादेशसँग २–१ ले पराजित भएसँगै साफ यू–१९ च्याम्पियनसिपमा नेपालको यात्रा टुंगिएको छ ।

शुक्रबार भारतको अरुणाचल प्रदेशमा सम्पन्न खेलमा बंगलादेशलाई जित दिलाउन आसिकुर रहमान र कप्तान नज्मुल हुडा फैसलले गोल गरे । नेपालका सुजल ढंगोलले एक गोल फर्काए पनि नेपालको हार टार्न सकेनन् । खेलमा तीनै गोल दोस्रो हाफमा भएको हो ।

७३औँ मिनेटमा आसिकुरको गोलमा बंगलादेशले अग्रता बनाएको थियो । त्यसको सात मिनेटपछि कप्तान फैसलले बंगलादेशको अग्रता दोब्बर बनाए ।

खेलको निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा सुजनले एक गोल फर्काए पनि नेपालको हार टार्न सकेनन् ।

योसँगै बंगलादेशले फाइनलमा स्थान बनाउँदा नेपाल भने प्रतियोगिताबाट बाहिरिएको छ । बंगलादेश प्रतियोगिताको साविक विजेता समेत हो ।

यसअघि नेपालले समूह चरणको खेलमा श्रीलंकालाई ५–० ले हराउँदा भारतसँग भने ४–० को हार बेहोरेको थियो ।

 

सम्बन्धित समाचार

झापा ५ मा बालेन अगाडि, ओली पछ्याउँदै

झापा ५ मा बालेन अगाडि, ओली पछ्याउँदै

काठमाडौँ। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। देशभर प्रत्यक्षतर्फको मतगणना भइरहँदा झापा-५ क्षेत्रलाई सबैभन्दा ‘हटसिट’ क्षेत्रका रूपमा...

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...