रुस र युक्रेनबिच युद्धबन्दी रिहा गर्ने सहमति
काठमाण्डौं। रुस र युक्रेनबिच युद्धबन्दी रिहा गर्नेबारे सहमति भएको छ । टर्कीको इस्तानबुलमा दुई पक्षबिच भएको छलफलमा यस्तो सहमति भएको हो । बैठकपछि युक्रेनका रक्षामन्त्री रुस्तम उमेरोभले जनाए अनुसार दुवै मुलुकले यो सहमति अनुसार एक–एक हजार युद्धबन्दीलाई रिहा गर्ने छन् ।
उनले भने, ‘हामीले युद्धविराम र बन्दीहरूको अदलाबदलीको मुद्दामा छलफल गर्यौँ । एक हजार बन्दीको रिहाइमा सहमति जुटेको छ ।’वार्तामा रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरेका भ्लादिमिर मेन्डिस्कीले पनि कैदीको अदलाबदलीमा सहमति जुटेको पुष्टि गरे ।
उनले भने, ‘युक्रेनी पक्षले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिच सोझै छलफल होस् भन्ने अनुरोध गरेको छ ।’ दुवै पक्षले युद्धबन्दी रिहा गर्ने मिति सुनिश्चित गरिसकेको तर त्यसलाई सार्वजनिक भने नगरिएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




