दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासत राख्न अनुमति
काठमाडौं। दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ। न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंमाथि अनुसन्धानका लागि थप ४ दिन हिरासत राख्न अनुमति दिएको हो।
यससँगै यो मुद्दाको सुरु भएको ५६ दिन पुग्छ। यो म्यादभित्र प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाउने तयारीमा छ। केही दिनमा सरकारी वकिलको कार्यालयले त्यसपछि बढीमा चार दिनमा तीनकुने घटनामा संलग्न रहेको आरोपमा १०० बढीलाई प्रतिवादी बनाउँदै अभियोग पत्र दायर गर्दैछ।
उनीहरूलाई आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ। राज्यविरुद्धको कसुरमा २८ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रसाईं चैत १५ गते काठमाडौँको तीनकुने घटनामा भएको राजावादीको हिंस्रक प्रदर्शनमा सहभागी भएका थिए। त्यसदिन प्रसाईं आफैँले प्रहरीमाथि नै गाडी कुदाउन खोजेका थिए। त्यसपछि उनी फरार थिए। भागेर भारत पुगेका उनलाई प्रहरीले पक्राउ गरी काठमाडौँ ल्याएको हो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
चितवन २ मा रविको फराकिलो अग्रता
भरतपुर । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने फराकिलो मतान्तरले अग्रता लिएका छन्...
निर्वाचनको सुरुवाती रुझान : रास्वपाको सानदार अग्रता, कांग्रेस-एमाले रक्षात्मक
काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका...
झापा ५ मा बालेन अगाडि, ओली पछ्याउँदै
काठमाडौँ। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। देशभर प्रत्यक्षतर्फको मतगणना भइरहँदा झापा-५ क्षेत्रलाई सबैभन्दा ‘हटसिट’ क्षेत्रका रूपमा...
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...




