खेलकुद

राजस्थानविरुद्ध रोमाञ्चक जितसँगै पञ्जाबको प्लेअफ सम्भावना बलियो

काठमाडौं। राजस्थान रोयल्सविरुद्ध १० रनको रोमाञ्चक जित निकाल्दै पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफ सम्भावनालाई बलियो बनाएको छ। आइतबार जयपुरस्थित सवाई मानसिंह रंगशालामा पञ्जाबले प्रस्तुत गरेको २२० रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाएर २०९ रनमात्र बनाउन सक्यो ।

राजस्थानका लागि ध्रुव जुरेलले ३१ बलमा चार छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५३ रन बनाए । यसैगरी यशस्वी जैसवालले २५ बलमा ९ चौका र एक छक्काको मद्दतले ५० रन थपे । वैभव सूर्यवंशीले ४०, कप्तान सन्जु सामसनले २० र सिम्रन हेटमायरले ११ रन बनाए ।

पञ्जाबका लागि हरप्रित ब्रारले तीन विकेट लिए । यस्तै, मार्को यानसन र अज्मतुल्लाह ओमरजाईले समान दुई विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको पञ्जाबले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २१९ रनको योगफल तयार पारेको थियो ।

पञ्जाबका लागि नेहाल बधेराले ३७ बलमा समान पाँच चौका र छक्काको मद्दतले सर्वाधिक ७० रन बनाए । यसैगरी शशांक सिंहले ३० बलमा पाँच चौका र तीन छक्काको मद्दतले अविजित ५९ रन थपे। कप्तान श्रेयस ऐरले ३०, अज्मतुल्लाह ओमरजाईले अविजित २१ र प्रभसिम्रन सिंहले २१ रन बनाए ।

राजस्थानका लागि तुषारदेश पाण्डेले दुई विकेट लिए । यस्तै, क्वेना माफाका, रियान पराग र आकाश माधवालले समान एक विकेट लिए ।

जितसँगै १२ खेलमा १७ अंक जोडेको पञ्जाब दोस्रो स्थानमा उक्लिएको छ । पराजित राजस्थान १३ खेलबाट ६ अंकका साथ नवौँ स्थानमा छ । राजस्थान प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिइसकेको छ ।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...