अर्थ

बढ्यो नेप्से

काठमाडौं। सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। गत बिहीबारदेखि नेप्से घट्दो क्रममा रहेको थियो। सोमबार अर्थात् सातौं दिन भने नेप्से बढेको हो।

नेप्से १९.३० अंकले बढेर २६२८.३६ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम भने घटेको छ। आइतबार आठ अर्ब ५० करोड रूपैयाँको सेयर कारोबार भएकोमा सोमबार सात अर्ब ३५ करोड रूपैयाँको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब १५ करोड रूपैयाँ कमी आएको हो। आज ३२४ वटा धितोपत्रको एक करोड ६२ लाख पाँच हजार ५५८ कित्ता सेयर किनबेच भएको हो।

सोमबार १८५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० वटाको घटेको छ। यस्तै, दुई कम्पनी स्थिर रहेको छ। यसदिन पाँच कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

यस्तै, सिन्धु विकास बैंक र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य ९.९९ र तेह्रथुम पावरको मूल्य ९.९८ प्रतिशतले बढेको छ। यस्तै, विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ४४४ रूपैयाँमा झरेको छ। छ्याङ्दी हाइड्रोपावरको मूल्य ४.४० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३०४ रूपैयाँ ०१ पैसा कायम भएको छ। सोमबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता एक हजार ७२४ रूपैयाँमा ५९ करोड ७६ लाख रूपैयाँको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४।९२ प्रतिशत बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ३१४ रूपैयाँ १० पैसामा ५१ करोड ७ लाख बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन समूहको १.२४ प्रतिशतले घटेको छ भने बाँकी १२ समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यसदिन विकास बैंक समूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशतले बढेको छ। यस्तै, दोस्रोमा बैंकिङ समूहको परिसूचक सर्वाधिक १.१७ प्रतिशतले बढेको छ।

 

सम्बन्धित समाचार

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

डलरका भाउ हालसम्मकै उच्च

डलरका भाउ हालसम्मकै उच्च

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...