खेलकुद

लखनउको हारसँगै आईपीएलको प्लेअफ पुग्ने ३ टिम टुंगिए

काठमाण्डौं। लखनउ सुपर जाइन्ट जारी आईपीएलमा प्लेअफको दौडबाट बाहिरिएको छ। गएराति सम्पन्न खेलमा सनराइजर्स हैदरावादसँग ६ विकेटले हारेसँगै लखनउ प्लेअफको दौडबाट बाहिरिएको हो।

लखनउले दिएको २०६ रनको लक्ष्य पछाएको सनराइजर्सले १८.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो।

सनराइजर्सका लागि अभिषेक शर्माले सर्वाधिक ५९, हेनरिक क्लासेनले ४७ रन, इशान किसनले ३५ रन र केमिन्दु मेन्डिसले ३२ रन बनाएका थिए।

यसअघि पहिला ब्याटिङ गरेको लखनउले मिचेल मार्शको ६५ र एडन मार्क्रमको ६१ रनको सहयोगले ७ विकेट गुमाउदै २०५ रन बनाएको थियो।

यो खेलपछि लखनउसँगै चेन्नई सुपर किंग्स, राजस्थान रोयल्स, सनराइजर्स हैदरावाद र कोलकोता नाइट राइडर्स प्लेअफको दौडबाट बाहिरिएका छन्।

त्यसैगरी गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलुरु, पञ्जाव किंग्स प्लेअफमा पुगेका छन्। त्यस्तै एक स्थानको लागि मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स प्रतिष्पर्धामा रहेका छन्।

 

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...