शुक्रबार, जेष्ठ १०, २०८२
English
Follow us:

लखनउको हारसँगै आईपीएलको प्लेअफ पुग्ने ३ टिम टुंगिए

लखनउको हारसँगै आईपीएलको प्लेअफ पुग्ने ३ टिम टुंगिए

  • खबर सेवा

  • मङ्लबार, जेष्ठ ७, २०८२

  • 31
    SHARES
लखनउको हारसँगै आईपीएलको प्लेअफ पुग्ने ३ टिम टुंगिए
Kamindu Mendis of Sunrisers Hyderabad batting during match 61 of the Indian Premier League season 18 (IPL 2025) between Lucknow Super Giants and Sunrisers Hyderabad held at the Bharat Ratna Shri Atal Bihari Vajpayee Ekana Cricket Stadium, Lucknow on the 19th May 2025 Photo by Pratiksha MK / Sportzpics for IPL

काठमाण्डौं। लखनउ सुपर जाइन्ट जारी आईपीएलमा प्लेअफको दौडबाट बाहिरिएको छ। गएराति सम्पन्न खेलमा सनराइजर्स हैदरावादसँग ६ विकेटले हारेसँगै लखनउ प्लेअफको दौडबाट बाहिरिएको हो।

लखनउले दिएको २०६ रनको लक्ष्य पछाएको सनराइजर्सले १८.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो।

सनराइजर्सका लागि अभिषेक शर्माले सर्वाधिक ५९, हेनरिक क्लासेनले ४७ रन, इशान किसनले ३५ रन र केमिन्दु मेन्डिसले ३२ रन बनाएका थिए।

यसअघि पहिला ब्याटिङ गरेको लखनउले मिचेल मार्शको ६५ र एडन मार्क्रमको ६१ रनको सहयोगले ७ विकेट गुमाउदै २०५ रन बनाएको थियो।

यो खेलपछि लखनउसँगै चेन्नई सुपर किंग्स, राजस्थान रोयल्स, सनराइजर्स हैदरावाद र कोलकोता नाइट राइडर्स प्लेअफको दौडबाट बाहिरिएका छन्।

त्यसैगरी गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलुरु, पञ्जाव किंग्स प्लेअफमा पुगेका छन्। त्यस्तै एक स्थानको लागि मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स प्रतिष्पर्धामा रहेका छन्।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology