हार्यो नेपाल, थाइल्यान्ड च्याम्पियन
काठमाडौँ। थाइल्याण्डले आइसिसी महिला टि२० विश्वकप एसिया छनोटको उपाधि जितेको छ।
नेपाललाई आज ७८ रनको फराकिलो अन्तरले हराउँदै आयोजक थाइल्याण्ड च्याम्पियन बनेको हो।
ग्लोबल क्वालिफायरमा नेपाल र थाइल्याण्ड दुवै छनोट भैसकेका छन्। टेडथाइई क्रिकेट मैदानमा १ सय ५९ रनको विशाल लक्ष्य पछाएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ८० रनमा समेटियो।
नेपालले आज निराशाजनक ब्याटिङ गर्यो। कमजोर सुरुवात गर्यो। ३१ रन जोड्दा नेपालले ४ विकेट गुमाइसकेको थियो।
ओपनरद्वय सम्झना खड्का ९ रनमा र रुवी पोदार ४ रनमा आउट भए। कप्तान इन्दु बर्मा ७ रनमा तथा उपकप्तान पूजा महतो रनको खाता नखोली आउट भइन्। यसपछि पनि नेपाल सम्हालिन सकेन।
कविता कुँवरले ३३ बलमा सर्वाधिक २४ रन जोडिन्। राजमति ऐेरीले २० रन र रुविना क्षेत्रीले १२ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा ओनिचा कामछोम्पुले ४ ओभर बलिङ गर्दै १ मेडन सहित ११ रन खर्चेर ४ विकेट लिइन्। थिपाट्चा पुथाओङले पनि ४ ओभरमा १ मेडन सहित १४ रन मात्र दिएर ३ विकेट आफ्नो नाममा लेखाइन्।
त्यसअघि नेपालले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएपनि थाइल्याण्डलाई रोक्न सकेन । ओपनर नाताया बुचाथाम र नानापात कोन्चरोएन्काइले अर्धशतक प्रहार गरेपछि थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५८ रन जोडेको हो । नेपालका लागि मनिषा उपाध्याय र राजमती ऐरीले १(१ विकेट लिए ।
नाताया र अफिसर सुवान्चोनराठीले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए । अफिसरले ४३ बलमा २९ रन जोडिन् । त्यसपछि नानापात र नातायाले स्कोर अघि बढाए । नाताया ४२ बलमा ५ चौकासहित ५० रन जोड्दै मनिषाको बलमा क्याच आउट भइन् ।
नानापातले २८ बलमा ८ चौकासहित नटआउट ५० रन जोडिन् । नाथाकन चनतमले ९ बलमा २ चौकासहित १४ रनको योगदान दिइन् ।
तीन समूहका शीर्ष टोली सुपर थ्रीमा पुगेका थिए। नेपाल र थाइल्याण्ड दुवै युएईलाई हराएर ग्लोबल छनोटमा पुगेका हुन् । नेपालले सोमबार युएईलाई ५ विकेटले हराएर ऐतिहासिक सफलता प्राप्त गरेको थियो । थाइल्याण्ड आजको जितपछि १० अंक सहित च्याम्पियन बन्यो। नेपालको कुल ७ अंक जोड्यो।
नेपालले समूह चरणमा बहराइनलाई दुवै खेलमा हराएको थियो । हङकङसँग पराजित भएको थियो । हङकङको नेपालसँग १ र बहराइनसँग दुवै खेल वर्षाले प्रभावित हुँदा नेपाल बढी जितका आधारमा समूहको शीर्ष टोली बन्दै सुपर थ्रीमा पुगेको थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




