अर्थ

किन एकाएक बढ्यो सेयर बजार?

काठमाडौं। नयाँ गभर्नर नियुक्ति आउने चर्चाले सेयर बजार उच्च अंकले बढेको छ। आज सेयर बजार ४९.०९ अंक ९१.८६ प्रतिशत बढ्यो।

वृद्धिपछि नेप्से परिसूचक २६७७ अंकमा कायम भएको छ । बजारको परिसूचक बढे पनि कारोबार रकम भने घट्यो । अघिल्लो दिन ७ अर्ब ३५ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३१ करोडको भयो ।

कुल २२९ कम्पनीको मूल्य बढ्दा १५ को घट्यो भने एउटाको स्थिर रह्यो । सबै सेक्टरका सूचक बढेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ३।४२ प्रतिशत बढ्यो। बैंकिङ १.९१, विकास बैंक २.९५, फाइनान्स २.४४, हाइड्रोपावर २.४५, लगानी २.३३, जीवन बीमा १.३२, उत्पादन १.८९, माइक्रोफाइनान्स १.१३, निर्जीवन बीमा १.७४, अन्य ०.८४ र व्यापार समूह १.४९ प्रतिशत बढे ।

पाँच कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । सिन्धु विकास, सप्तकोशी विकास बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, ग्रिन डेभलपमेन्ट बैंक र राप्ती हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै मातृभूमि लघुवित्तको ७.८३, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ६.८८ तथा जोशी हाइड्रोपावरको ६.१४ प्रतिशत मूल्य बढ्यो ।

विन नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै ३.०९ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, ङादी ग्रुप, युनिभर्सल पावर, सानिमा माइ हाइड्रोपावर, सोल्टी होटल क्रमशः अगाडि छन् ।

सम्बन्धित समाचार

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

डलरका भाउ हालसम्मकै उच्च

डलरका भाउ हालसम्मकै उच्च

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...