अर्थ

१० महिनामा १४ खर्ब ७४ अर्ब बराबरको वस्तु भित्रियो

काठमाण्डौं। १० महिनामा १४ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको वस्तु नेपाल भित्रिएको छ । चालु आर्थिक वर्षको १० महिना ९साउनदेखि वैशाखसम्म०मा विभिन्न मुलुकबाट १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा भने १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको मात्रै वस्तु आयात भएको थियो । गत वर्षको तुलनामा यस वर्षको १३।११ प्रतिशतले बढी हो। आयातसँगै नेपालको निर्यातमा पनि उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्षको वैशाखसम्ममा नेपालबाट २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा भने नेपालबाट १ खर्ब २६ अर्ब रुपैयाँ बराबरको मात्रै निर्यात भएको थियो जुन यस वर्षको तुलनामा ७२।७१ प्रतिशतले कम हो ।भन्सार विभागले सार्वजनिक गरेको तथ्यांअनुसार दश महिनाको नेपालको व्यापार घाटा ६।७२ प्रतिशतले बढेर १२ खर्ब ५६ अर्ब २७ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा भने यस्तो व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ थियो ।

यस अवधिमा नेपालको वैदेशिक व्यापार घाटा भने १८.३७ प्रतिशतले बढेको छ । चालु आवको दश महिनासम्म नेपालका वैदेशिक व्यापार घाटा १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ छ ।

गत आर्थिक वर्षको सोही अवधिमा भने नेपालको यस्तो वैदेशिक व्यापार घाटा १४ खर्ब २९ अर्ब ५३ करोड रुपैयाँ थियो ।

सम्बन्धित समाचार

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

डलरका भाउ हालसम्मकै उच्च

डलरका भाउ हालसम्मकै उच्च

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...