गभर्नर आएसँगै सेयरमा उल्लास
काठमाडौँ। नेप्से परिसूचकले २७ सय विन्दुमा प्रतिरोध परीक्षण गरिरहेको छ। बिहीबार एकाध पटक २७ सय विन्दु पुग्दै नेप्से ओर्लियो। लगानीकर्ताहरू बैंकिङ क्षेत्रमा आकर्षित भएका छन्।
विशेषगरी राष्ट्र बैंकमा नयाँ गभर्नर आएसँगै बैंकिङ क्षेत्र बढ्नुले लगानीकर्ताहरू उनीप्रति आशावादी देखिएको अर्थ लागाइएको छ। बैंकिङ क्षेत्र बढेकै कारण नेप्सेको वृद्धि कायम रह्यो। आज नेप्से १९.४० अंकले बढेर २६८८.९१ विन्दुमा बन्द भएको छ। तर लगानीकर्ताहरूमा देखिएको आशा अनुरूप अर्थतन्त्र र बैंकिङ क्षेत्र सुधारका काम अगाडि बढेमात्रै नेप्सेको वृद्धि दिगो हुन्छ।
यसदिन कारोबार रकम भने केही घटेको छ। बुधबार १० अर्ब ६९ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ९ अर्ब ८२ करोड रूपैयाँको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८७ करोड रूपैयाँ कमी आएको हो।
आज ३१४ वटा धितोपत्रको दुई करोड २३ लाख ९६ हजार ३२९ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४२ वटाको घटेको छ। यस्तै, एक कम्पनी स्थिर रहेको छ। ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २४ रूपैयाँ ३० पैसा पुगेको छ। एनआइसी एसिया बैंकको मूल्य ८।११ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३७२ रूपैयाँ कायम भएको छ।
बराही हाइड्रोपावरको मूल्य सर्वाधिक ९।९९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार २१ रूपैयाँ ६० पैसामा झरेको छ। एमबिएल इक्विटी फण्डको मूल्य ९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९ रूपैयाँ १० पैसा कायम भएको छ।
बिहीबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ३७९ रूपैयाँमा ६९ करोड ०१ लाख रूपैयाँको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०।१२ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा राधी विद्युत रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७६८ रूपैयाँ ४० पैसामा ६० करोड ७१ लाख बराबरको सेयर कारोबार भएको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको बढेको छ भने बाँकी नौ समूहको परिसूचक घटेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...




