राजनीति

एमाले धनुषा अध्यक्षमा भोला यादव निर्वाचित

काठमाडौं। नेकपा एमाले धनुषा जिल्ला अधिवेशनबाट अध्यक्षमा भोला यादव निर्वाचित भएका छन्।

आठौं अधिवेशनमा भोला यादव र लक्ष्मीनारायण यादवबीच प्रतिस्पर्धा भएको थियो।

भोलालाई एमाले सचिव रघुवीर महासेठको समर्थन थियो भने लक्ष्मीनारायणलाई उमाशंकर अरगरियाको समर्थन थियो।

भोलाले लक्ष्मीनारायणलाई हराएका हुन्। भोलाले ४०२ मत ल्याएका थिए भने लक्ष्मीनारायणले २०० मतमात्रै ल्याएका थिए। निर्वाचनमा ६२८ मत खसेको थियो।

उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा दीपनारायण ठाकुर, उपसचिवमा सविनविक्रम थापा निर्वाचित भए। महिला उपसचिवतर्फ रुकाकुमारी मिश्र र लेखा समितिको संयोजकमा वीरेन्द्रलाल कर्ण निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

 

सम्बन्धित समाचार

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...

भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि

भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ। भक्तपुर–१ मा रास्वपाका उमेदवार रुकेश रन्जितको अग्रता कायमै छ। उनले ३ हजार...

रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता

रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता

काठमाडौं। रुकुमपूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्। प्रचण्डले २ हजार ६३५ मत गणना गर्दा १ हजार...

आम निर्वाचन : यी हुन् रास्वपाले अग्रता लिएको ३२ स्थान

आम निर्वाचन : यी हुन् रास्वपाले अग्रता लिएको ३२ स्थान

काठमाडौं। प्रतिनिधिसभा सदस्य चुनावको मत गणनाको प्रारम्भिक मतपरिणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)हावी भएको छ । रास्वपाले काठमाडौं उपत्यकासहित देशका...