शुक्रबार, असार ६, २०८२
English
Follow us:

भारतीय टेस्ट क्रिकेट टोलीको नयाँ कप्तान शुभमन गिल

भारतीय टेस्ट क्रिकेट टोलीको नयाँ कप्तान शुभमन गिल

  • खबर सेवा

  • शनिबार, जेष्ठ ११, २०८२

  • 65
    SHARES
भारतीय टेस्ट क्रिकेट टोलीको नयाँ कप्तान शुभमन गिल

काठमाडौं। भारतीय टेस्ट क्रिकेट टोलीको नयाँ कप्तान शुभमन गिल बनेका छन्। शीर्षक्रमका ब्याट्सम्यान शुभमन गिलले हालै अवकाश लिएका रोहित शर्माको स्थान लिएका हुन्।

भारतीय क्रिकेट नियन्त्रण बोर्डले एक पत्रकार सम्मेलनमा गिललाई टेस्ट टोलीको नयाँ कप्तान घोषणा गरेको हो। दायाँ हाते ब्याट्सम्यान गिलले अहिलेसम्म भारतका लागि ३२ टेस्ट खेल खेलेका छन् । जसमा उनले पाँच शतकसहति १८९३ रन बनाएका छन्।

गिलले यसअघि टी–ट्वान्टी आई ढाँचामा भारतको कप्तानी गरिसकेका छन्। जुलाई २०२४ मा जिम्बाब्वेमा भएको पाँच खेलको शृङ्खलामा उनले टोलीको नेतृत्व गरेका थिए।

टेस्ट कप्तानको रूपमा गिलको पहिलो नेतृत्व इङ्गल्याण्डको भ्रमणमा हुनेछ। उनको नेतृत्वमा उक्त टेस्ट श्रृंखलाका लागि भारतले टोली घोषणा गरेको छ।

टोलीमा शुभमन गिल -कप्तान, ऋषभ पन्त -उप–कप्तान, विकेटकिपर, यशस्वी जयस्वाल, केएल राहुल, साई सुदर्शन, अभिमन्यु ईश्वरन, करुण नायर, नितिश कुमार रेड्डी, रवीन्द्र जडेजा, ध्रुव जुरेल, वाशिंगटन सुन्दर, शार्दुल ठाकुर, जसप्रीत बुमराह, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण, आकाश दीप, अर्शदीप सिंह र कुलदीप यादव छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology