भारतीय टेस्ट क्रिकेट टोलीको नयाँ कप्तान शुभमन गिल
काठमाडौं। भारतीय टेस्ट क्रिकेट टोलीको नयाँ कप्तान शुभमन गिल बनेका छन्। शीर्षक्रमका ब्याट्सम्यान शुभमन गिलले हालै अवकाश लिएका रोहित शर्माको स्थान लिएका हुन्।
भारतीय क्रिकेट नियन्त्रण बोर्डले एक पत्रकार सम्मेलनमा गिललाई टेस्ट टोलीको नयाँ कप्तान घोषणा गरेको हो। दायाँ हाते ब्याट्सम्यान गिलले अहिलेसम्म भारतका लागि ३२ टेस्ट खेल खेलेका छन् । जसमा उनले पाँच शतकसहति १८९३ रन बनाएका छन्।
गिलले यसअघि टी–ट्वान्टी आई ढाँचामा भारतको कप्तानी गरिसकेका छन्। जुलाई २०२४ मा जिम्बाब्वेमा भएको पाँच खेलको शृङ्खलामा उनले टोलीको नेतृत्व गरेका थिए।
टेस्ट कप्तानको रूपमा गिलको पहिलो नेतृत्व इङ्गल्याण्डको भ्रमणमा हुनेछ। उनको नेतृत्वमा उक्त टेस्ट श्रृंखलाका लागि भारतले टोली घोषणा गरेको छ।
टोलीमा शुभमन गिल -कप्तान, ऋषभ पन्त -उप–कप्तान, विकेटकिपर, यशस्वी जयस्वाल, केएल राहुल, साई सुदर्शन, अभिमन्यु ईश्वरन, करुण नायर, नितिश कुमार रेड्डी, रवीन्द्र जडेजा, ध्रुव जुरेल, वाशिंगटन सुन्दर, शार्दुल ठाकुर, जसप्रीत बुमराह, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण, आकाश दीप, अर्शदीप सिंह र कुलदीप यादव छन्।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




