राजनीति

भिजिट भीषा प्रकरणमा जोडिएको खबर बाहिरिएपछि मन्त्रालयले भन्यो ; हामी अनियमिततामा शून्य सहनशिलता अपनाउँछौँ

काठमाडौं। गृह मन्त्रालयले भिजिट भीषासम्बन्धी मन्त्रालयसँग जोडेर गरिएका प्रचारको खण्डन गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै गृहले नेतृत्वलाई जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका समाचारप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्ता कपोलकल्पित, भ्रामक र आधारहीन भनेको छ। मन्त्रालयले आफ्ना तर्फबाट कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा संलग्नता नरहेको र भविष्यमा पनि नहुने स्पष्ट पारेको छ ।

‘विषयको गम्भीरतालाई मध्यनजर गर्दै सत्यतथ्यमा आधारित समाचार मात्र प्रकाशन र प्रसारण गरिदिनु हुन सबैमा अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्न गृह प्रशासन निरन्तर क्रियाशील रहेको बताउँदै सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको जानकारी गराएको छ । यसै सन्दर्भमा, नीतिगत तथा संस्थागत सुधारका कार्यहरू समेत मन्त्रालयबाट अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

विमानस्थल अध्यागमन कार्यालयका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको र अनुसन्धानपछि सत्यतथ्य बाहिर आउने मन्त्रालयले जनाएको छ । आयोगको छानबिन प्रक्रियामा मन्त्रालयको पूर्ण सहयोग रहने पनि विज्ञप्तिमा उल्लेख छ ।

गृह मन्त्रालयले सार्वजनिक भएका समाचार तथा प्रतिक्रियाप्रति संयमित र जिम्मेवार रहन पत्रकार, सञ्चारमाध्यम तथा आम नागरिकहरूलाई पनि आग्रह गरेको छ ।

 

सम्बन्धित समाचार

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...

भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि

भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ। भक्तपुर–१ मा रास्वपाका उमेदवार रुकेश रन्जितको अग्रता कायमै छ। उनले ३ हजार...

रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता

रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता

काठमाडौं। रुकुमपूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्। प्रचण्डले २ हजार ६३५ मत गणना गर्दा १ हजार...

आम निर्वाचन : यी हुन् रास्वपाले अग्रता लिएको ३२ स्थान

आम निर्वाचन : यी हुन् रास्वपाले अग्रता लिएको ३२ स्थान

काठमाडौं। प्रतिनिधिसभा सदस्य चुनावको मत गणनाको प्रारम्भिक मतपरिणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)हावी भएको छ । रास्वपाले काठमाडौं उपत्यकासहित देशका...