घट्यो सेयर
काठमाडौं। सेयरबजारमा ७ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको छ। १ करोड ८५ लाख कित्ता सेयर बिक्रीपछि यो परिमाणको कारोबार भएको हो।
साताको पहिलो कारोबार दिन बजार परिसूचक नेप्से भने ९.१४ अंकले घटेको छ। २६७९.४१ विन्दुमा नेप्से झरेको हो। यस दिन ९९ वटा धितोपत्रको मूल्य बढे पनि १४८ वटाको भने घटेको छ। त्यस्तै एउटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
आज ओम मेगाश्री फर्म्यास्युटिकल्सको सेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ताले १०२.४० रुपैयाँ प्रतिकित्ता कमाएका छन्। यसबाहेक महुली लघुवित्त, रिभर फल्स पावर लिमिटेड, उन्नति सहकार्य लघुवित्त र सूर्योदय वोमी लघुवित्तको सेयर पनि क्रमशः ८.२५, ७.७४, ७.२४ र ६.६० प्रतिशतले मूल्य बढेको छ।
तर सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, दोर्दी खोला जलविद्युत्, ग्रिन डेभलपमेन्ट बैंक, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको भने क्रमशः ८.१६, ५.९२, ४.१२, ३.६२ र ३.४० प्रतिशतले सेयर मूल्य घटेको छ।
सर्वाधिक कारोबार भने राधी जलविद्युतले गरेको छ। कम्पनीको ७१ करोडको सेयर किनबेच भएको हो। यसैगरी, युनिभर्सल पावर कम्पनी ३० करोड, ङादी ग्रुप पावर २९ करोड, युनाइटेड मोदी हाइड्रोपावर २८ करोड र हिमालयन पावर पार्टनरको २१ करोडको कारोबार भएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...




