गभर्नरका आकांक्षी गुणकरप्रति उदार देखिए विश्व
काठमाण्डौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा। गुणकर भट्टको राजीनामा अस्वीकृत भएको छ । गभर्नर विश्वनाथ पौडेलले भट्टको राजीनामा अस्वीकृत गरेर उनलाई पुनः जिम्मेवारीमा फर्काएका हुन् ।
भट्टलाई गभर्नर कार्यालयको जिम्मेवारी दिइएको छ । यसअघि अनुसन्धान विभागमा रहेका भट्टलाई पौडेलले गभर्नरको कार्यालय ल्याएपछि रिक्त रहेको अनुसन्धान विभागमाको नेतृत्व डा। रामशरण खरेललाई दिइएको छ ।
यसअघि मानव संशाधन विभागमा रहेका खरेललाई अनुसन्धान ल्याएपछि खाली भएको विभागको जिम्मेवारी कार्यकारी निर्देशक विश्रुत थापालाई दिइएको छ।राष्ट्र बैंकले भट्टलाई नयाँ जिम्मेवारी दिएको र भट्ट काम विशेषले बाहिर रहेकोले २ चार दिनमै उनले आफ्नो जिम्मेवारी बहन गर्न आउने पनि राष्ट्र बैंकले जानकारी दिएको छ ।
नेपाली कांग्रेसले गभर्नर बनाउने आश्वासन दिएपछि भट्टले गत वैशाख ५ गते कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । तर कामु गभर्नर नीलम ढुंगाना तिम्सिनाले भट्टको राजीनामा स्वीकृत गर्न मानिनन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...




