राजनीति

गृहमन्त्रीलाई राजीनामा गराइ छाड्ने रास्वपाको तयारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलिको सदनमा गृहमन्त्री रमेश लेखकलाई सदनमा बोल्न दिने बताएको छ । तर, गृहमन्त्रीले जवाफ दिनुभन्दा अगाडि आफूले प्रश्न सोध्न पाउनुपर्ने पार्टीको शर्त छ ।

आज संसदीय दलको वैठकपछि पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले गृहमन्त्रीलाई सुरुमै जवाफ दिएर लुसुक्क हिँड्न नदिने बताए। उनले भने, ‘पहिले हामीले प्रश्न सोध्न पाउनुपर्यो । सोध्दै नसोधेको प्रश्नको जवाफ दिएर हुँदैन । हामीले प्रश्नै सोध्न नपाइकन जवाफ दिएर लुसुक्क हिँड्न दिँदैनौं । प्रश्न सोध्न पाउनुपर्छ । उहाँलाई के थाहा छ हामीसँग के के प्रमाण छ, कस्ता सूचना छन् भन्ने ।’

उनले गत वर्ष २२ वटा वैठकसम्म दुई महिना तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई बोल्न नदिइएको सम्झिए ।

‘उहाँहरुले हाम्रो सभापतिलाई दुई महिनासम्म बोल्न रोक्नुभएको थियो । तर, हामी त्यस्तो गर्दैनौं । हामी उहाँहरुको भन्दा सुदृढ संसदीय अभ्यास गरेर देखाउनेछौं।’ कांग्रेस पदाधिकारी वैठकले लेखकलाई क्लीन चिट दिन खोजेको भन्दै रास्वपाले आपत्ति जनाएको छ ।

झाले भने, ‘अरुको बारेमा प्रश्न उठ्दैमा राजीनामा चाहिने, आफ्नो चाहिँ पदाधिकारी वेठकबाट क्लीन चिट लिने? कांग्रेसको पदाधिकारी वैठकले कसरी क्लीन चिट दिन पाउँछ रु अनुसन्धानमा सघाउनुपर्ने होइन?’

सम्बन्धित समाचार

रास्वपाले खोल्यो खाता, काठमाडौं १ मा रन्जु र काठमाडौं ८ मा विराज विजयी

रास्वपाले खोल्यो खाता, काठमाडौं १ मा रन्जु र काठमाडौं ८ मा विराज विजयी

काठमाडौं। २१ फागुनको निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले खाता खोलेको छ । काठमाडौं– १ बाट रास्वपा उम्मेदवार रञ्जु न्यौपाने...

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...

भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि

भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ। भक्तपुर–१ मा रास्वपाका उमेदवार रुकेश रन्जितको अग्रता कायमै छ। उनले ३ हजार...

रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता

रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता

काठमाडौं। रुकुमपूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्। प्रचण्डले २ हजार ६३५ मत गणना गर्दा १ हजार...