अर्थमन्त्रीले गरे बजेटबारे राष्ट्रपतिलाई ब्रिफिङ
काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा राष्ट्रपति रामचन्द्र पौडेललाई ब्रिफिङ गरेका छन्।
संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते बिहीबार बजेट ल्याउँदैछ। आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको बजेटका कार्यक्रमबारे अर्थमन्त्री पौडेलले राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन्।
अर्थमन्त्रीको सचिवालयका अनुसार बजेटको बारेमा ब्रिफिङ गर्न मन्त्री पौडेल मंगलबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेका थिए।
अर्थ मन्त्रालयले बजेटको मस्यौदा तयार गरिसकेको छ। बिहीबार मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै संसद्मा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने छन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...




