कला

‘ऊनको स्वीटर’ ‘सुपरहिट’, कति कमायो?

काठमाण्डौं। क्यूएफएक्सले फिल्म ‘ऊनको स्वीटर’लाई सुपरहिट भनेको छ। फिल्मले पहिलो सातामा यो चेनमा डेढ करोडमाथि कमाइ गरेपछि सुपरहिटको ट्याग पाएको हो। यसले फिल्मको सफलतालाई दर्शाउँछ। अहिलेसम्म फिल्मको देशव्यापी कमाइ आठ करोड नाघिसकेको छ।

प्रदर्शनको तेस्रो सातासम्म आइपुग्दा पनि फिल्मको देशव्यापी शो उत्साहजनक छ। लगभग डेढ सय शो फिल्मले ‘होल्ड’ गरेको छ। र, प्राप्त शोमा अकुपेन्सी पनि सुखद् छ। फिल्मको व्यापारिक रफ्तार हेर्दा ‘लाइफटाइम कलेक्सन’ १० करोड पुग्न सक्ने देखिन्छ। नेपालमा फिल्मले राम्रो व्यापार गरेपछि यतिबेला विदेशमा समेत माग बढेको छ। अहिले थुप्रै देशमा फिल्म प्रदर्शन भैरहेको छ।

नवीन चौहानको डेब्यु निर्देशनमा तयार भएको फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेललगायतको अभिनय छ। अन्तरजातीय प्रेमकथामा आधारित रहेको फिल्ममा सुजन चापागाईंको संगीत छ। यसमा समाविष्ट तीन गीत ‘मखमली’, ‘काफ्ले’, ‘चाइनेजो जिन्दगानीमा’ र ‘फूल’ अहिले चर्चामा छन्।

सम्बन्धित समाचार

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...

सलमान खानका बुवा डिस्चार्ज

सलमान खानका बुवा डिस्चार्ज

बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...