सुनको भाउ लगातार घट्यो
काठमाडौँ। सुनको मूल्यमा लगातार गिरावट आइरहेको छ।
गएको सोमबारदेखि आज (बुधबार)सम्म सुनको मूल्यमा दुई हजार पाँचसय रुपैयाँ गिरावट आएको हो।
प्रतितोला १६ सय रुपैयाँ घटेर आज सुनको मूल्य एक लाख ८९ हजार तीनसय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको मूल्य तोलामा दुई सय र अस्ती तोलामा सातसय रुपैयाँ घटेको थियो।
हिजो सुनको मूल्य प्रतितोला एक लाख ९० हजार नौसय रुपैयाँ थियो। गएको आइतबार भने सुनको मूल्य प्रतितोला एक हजार चारसय रुपैयाँ बढेको थियो।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको भाउ भने बढेको छ। प्रतितोला १० रुपैयाँ बढेर आज चाँदी २ हजार ५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...




