राजनीति

लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त

काठमाडौं। लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त भएकी छन्। गुरूङ जनमत पार्टीबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसद बनेकी थिइन्। यसअघिका प्रदेश सभा बैठकमा पनि अत्यन्त न्यून उपस्थित हुने गुरुङ पछिल्ला ११ वटा बैठकमा लगातार अनुपस्थित भएपछि संविधान र नियमावलीअनुसार उनको पद रिक्त भएको घोषणा गरिएको हो।

नेपालको संविधानको धारा १८० को खण्ड घ मा प्रदेश सभालाई सूचना नदिई लगातार दश वटा बैठकमा अनुपस्थित रहने प्रदेशसभा सदस्यको पद रिक्त हुने प्रावधान रहेको छ। सोही प्रावधान अनुसार गुरूङको पद रिक्त गरिएको हो।

लुम्बिनी प्रदेश सभामा गुरूङ सबभन्दा कम उपस्थित हुने प्रदेश सभा सदस्यमध्ये पर्छिन्। यसअघिका पाँचौं अधिवेशनसम्मका ८३ वटा बैठकमध्ये ३४ वटा बैठकमा मात्र उपस्थित भएकी गुरूङ छैटौं अधिवेशनमा भने एउटा बैठकमा पनि उपस्थित भएकी छैनन्। छैटौं अधिवेशनमा बुधवारसम्म ११ वटा बैठक बसेका छन्।

लुम्बिनी प्रदेश सभामा जनमत पार्टीका संसदीय दलका नेता चन्द्र केश गुप्ता ९सिके० ले प्रदेशका सभामुख तुलाराम घर्ती मगरलाई पत्र पठाउँदै सांसद गुरूङ लगातार १० वटा बैठकमा अनुपस्थित भएकाले संविधानअनुसार पद रिक्त घोषणा गर्न अनुरोध गरेका थिए।

सम्बन्धित समाचार

रास्वपाले खोल्यो खाता, काठमाडौं १ मा रन्जु र काठमाडौं ८ मा विराज विजयी

रास्वपाले खोल्यो खाता, काठमाडौं १ मा रन्जु र काठमाडौं ८ मा विराज विजयी

काठमाडौं। २१ फागुनको निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले खाता खोलेको छ । काठमाडौं– १ बाट रास्वपा उम्मेदवार रञ्जु न्यौपाने...

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...

भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि

भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ। भक्तपुर–१ मा रास्वपाका उमेदवार रुकेश रन्जितको अग्रता कायमै छ। उनले ३ हजार...

रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता

रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता

काठमाडौं। रुकुमपूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्। प्रचण्डले २ हजार ६३५ मत गणना गर्दा १ हजार...