शुक्रबार, असार ६, २०८२
English
Follow us:

आरसीबी आइपीएलको फाइनलमा

आरसीबी आइपीएलको फाइनलमा

  • खबर सेवा

  • शुक्रबार, जेष्ठ १७, २०८२

  • 60
    SHARES
आरसीबी आइपीएलको फाइनलमा

काठमाडौं।रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) इन्डियन प्रिमियर लिग (आइपीएल)को फाइनलमा प्रवेश गरेको छ। गएराति भएको पहिलो क्वालिफायरमा पञ्जाब किंग्सलाई ८ विकेटले हराउँदै आरसीबीले फाइनलमा स्थान बनाएको हो।

न्यु चन्डीगडमा आरसीबीले टस जितेर पञ्जाबलाई पहिलो ब्याटिङको निम्ता दिएको थियो। जहाँ पञ्जाब १ सय १ रनमै समेटियो। उक्त लक्ष्य आरसीबीले १० ओभरमै २ विकेट गुमाएर भेटायो।

आरसीबीको जितमा फिल साल्टले ५६ रनको अर्धशतकीय इनिङ खेल्दा मंयक अग्रवालले १९ रन बनाए। त्यस्तै कप्तान रजत पाटिदारले १५ रन र विराट कोहली १२ रन बनाएर आउट भए।

त्यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबका लागि मार्कुस स्टोइनिसले २६ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक प्रभसिम्रन सिंहले १८ र अजमुतुल्लाह ओमरजाइले १८ रन बनाए। अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

पञ्जाबलाई सस्तैमा समेट्ने क्रममा जोस ह्याजलवुड र सुयश शर्माले समान ३–३ विकेट लिएका थिए। त्यस्तै भुवनेश्वर कुमार र रोमारियो सेफर्डले समान १–१ विकेट लिए।

अब पञ्जाबले दोस्रो क्वालिफायरमा आज हुने गुजरात र मुम्बइबिचको विजेतासँग खेल्ने छ। यी दुईबीचको खेल आज राति पौने ८ बजे न्यू चण्डिगढ मै हुनेछ। दोस्रो क्वालिफायर आइबार अहमदाबादमा हुनेछ भने फाइनले खेल आगामी मंगलबार अहमदाबादमै हुनेछ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology