खेलकुद

 स्कटल्यान्ड ए को सामान्य टोली नेपाली क्रिकेट टोलीसँग हार

काठमाडौं। नेपाल स्कटल्यान्ड ए सँग एक सय दुई रनले पराजित भएको छ। स्कटल्यान्डमा भएको खेलमा स्कटल्यान्ड एसँग नेपालले लज्जास्पद हार ब्यहोरेको हो।

खेलमा पहिले ब्याटिङ गरेको घरेलु टोलीले ४० ओभरमा नौ विकेट गुमाएर दुई सय २० रन बनाएको थियो। स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्रिडले ५८ बलमा ७२ रनको पारी खेलेका थिए।

साथै ज्यामी डुकले पनि ४८ रनको योगदान गरे। ओवेनले २८ रन बनाएर भने लियम आयलरले पनि २५ रन जोडे। नेपालका लागि सोमपाल कामीले चार विकेट लिँदा रिजन ढकालले दुई तथा गुल्सन झा र ललित राजवंशीले १–१ विकेट झारे। जवाफमा नेपाली ब्याटर मैदानमा टिक्न सकेनन्। २९ ओभर चार बलमा नेपालले सबै विकेट गुमाएर एक सय १८ रन मात्रै बनाउन सक्यो। कुशल भुर्तेल ८ रनमा आउट भए।

अनिल शाह शून्य र भीम सार्की २ रनमा नै पेभिलिएन फर्किए। कप्तान रोहित पौडेलले १७ रन जोड्न सके भने आरिफ शेखले सर्वाधिक ४४ रन बनाएका थिए। बाँकी खेलाडी मैदानमा टिक्न सकेनन्। गुल्सन झा १०, सोमपाल २, नन्दन यादव ६ रनमा नै बाहिरिए। स्कटल्यान्ड ए का जोन्सले सुरूआती तीन विकेट लिएपछि नेपाल धरापमा परेको थियो।

त्यसैगरी डेभिडसनले दुई विकेट लिए भने डिकिन्सनको नाममा दुई विकेट रहृयो।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...